ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयक पेस नगरी दुई हप्ता बढी स्थगित भयो प्रतिनिधि सभा


एबीसी न्यूज

काठमाडौं, २९ भदौ । प्रतिनिधि सभाको बैठक दुई हप्ता लामो समयका लागि स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्डको न्युयोर्क र चीन भ्रमणपछि फर्केर बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको हो।

प्रधानमन्त्रीले न्युयोर्क भ्रमणअघि संक्रमणकालीन न्याय सम्बन्धि बेपत्ता नागरिक खोजीबीन, सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रतिनिधि सभामा पेश गर्न चाहेका थिए।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत नभएपछि १६ दिनपछि बसनेगरी बैठक स्थगित भएको छ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमणको विषयमा जानकारी गराएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक असोज १४ गते बस्ने जानकारी दिए।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गर्न शनिबार न्ययोर्क जाँदैछन्।

उनी उतैबाट असोज ४ गते चीन जानेछन्। टीआरसी विधेयकमा सहमति जुटाउन बनाइएको ११ सदस्यीय उपसमितिले लगभग सबैमा सहमति जुटाइसकेको छ।

तर, एमाले अध्यक्ष ओलीले सहमति नदिएकै कारण उपसमितिले अन्तिम प्रतिवेदन लेख्ने काम जारी राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com