ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका सहमहामन्त्री यादवमाथि भएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ : प्रधानमन्त्री


abc

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको बताए ।

“सांघातिक खुकुरी प्रहारको घटनालाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानुनबमोजिम कारबाही अघि बढेको जानकारी गराउन चाहन्छु,” उनले भने ।

यस प्रकरका आक्रमणको घटना दोहोरिन नदिन र सुरक्षाको प्रत्याभूति मिलाउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्रीले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुरकी पाँच वर्षीय बालिका रेजिशा गोपालीको उपचारका क्रममा मृत्यु भएको घटनापछि भएका कार्यबारे जानकारी गराए ।

घटना सार्वजनिक भए लगत्तै तीन सदस्यीय टोली बनाइएको र त्यसले प्रतिवेदन बुझाएको जानकारी दिए ।

अस्पतालले आकस्मिक कक्षमा खटिएका जनशक्तिको भरमा पनि विषयवस्तुप्रति संवेदनशीलता गर्न नसकिएको तीतो यर्थाथ देखिएको प्रतिवेदनमा उल्लेख भएको बताए ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कदम थालिने र दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता पनि जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

सम्बन्धित

काठमाडौं महानगर र अभियन्ता ई : -बीच ४ बुँदे सहमति, आन्दोलन स्थगित

चीन भ्रमण सोचेभन्दा बढी सफल भयो – प्रधानमन्त्री ‘प्रचण्ड

चीन भ्रमण अत्यन्त उत्साहजनक– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा ल्हासास्थित पोटाला दरबार र जोखाङ मन्दिर अवलोकन

वैदाममा डीएसपीको सरुवा, डाक्टर कुट्ने प्रहरी निरीक्षक निलम्बनमा

नेपाली महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोह प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com