ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई के सजाय हुन्छ ? यस्तो छ कानुनी व्यवस्था


abc

काठमाडौं, २९ भदौ । हेटौँडाको सन्चो अस्पतालमा दुई चिकित्सक कुटिएको घटनापछि यतिखेर देशभरका स्वास्थ्यकर्मी आन्दोलित छन् ।

घटनाको विरोधमा मकवानपुरमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ ।

गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा। विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो ।

साउन २५ गते डेंगी संक्रमित हेटौँडा–१२ का ४१ वर्षीय प्रधानको परीक्षणका क्रममा लापरबाही गरेको आरोपमा चिकित्सकहरूमाथि आक्रमण भएको हो ।

सन्चोबाट रिफर भएका उनको चितवनस्थित चितवन मेडिकल कलेजमा डेंगीबाट मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती, छोरी, छोरा र भतिज गरी चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यसअघि पनि उपचारमा क्रममा लापरबाही गरेको आरोपमा पटक–पटक चिकित्सक, नर्स तथा स्वास्थ्यका कर्मचारीमाथि आक्रमण हुँदै आएको छ ।

स्वास्थ्यकर्मीमाथिको आक्रमण कुन ऐनले हेर्छ रु
स्वास्थ्यकर्मीको सुरक्षाका लागि नेपालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९’ जारी गरिएको छ ।

ऐनमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई पनि समेटिएको छ । ऐनको दफा ३ मा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी गर्न वा उपचारमा बाधा पार्न नहुने उल्लेख गरिएको छ ।

सो दफाअनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर तल उल्लेखित कार्य गर्न गराउन नहुने उल्लेख छ । कसुर र सजायसम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ’ भनिएको छ ।

तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ र थप सजायको प्रक्रिया अघि बढाइनेछ ।

ऐनमा यसरी छुट्याइएको छ, कसुर अनुसारको सजाय
१। स्वास्थ्य संस्थामा आगजनी गरेमा स् दुईदेखि पाँच वर्षसम्म कैद वा दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने

२। स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा स् तीन वर्षसम्म कैद वा तीन वर्ष जरिबाना वा दुवै सजाय हुनसक्ने

३। स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरीक रूपमा चोट पुर्‍याएमा स् तीन वर्षसम्म कैद वा तीन वर्ष जरिबाना वा दुवै सजाय हुनसक्ने

माथि उल्लेखित तीनवटै कसुरमा अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राखिने व्यवस्था ऐनमा गरिएको छ । त्यसैगरी अन्य तीनवटा कसुरमा एउटै सजाय लागु हुनेगरी ऐनले व्यवस्था गरेको छ ।

१। स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरेमा

२। स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याएमा

३। स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, कुनै किसिमको धम्की, गालीगलौज अभद्र वा अपमानजनक व्यवहार गरेमा

यी तीन कसुर गरेको हकमा एक वर्ष कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा यी दुवै सजाय हुनसक्ने व्यवस्था ऐनमा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक

पूर्वप्रधानमन्त्री र मुख्य सचिवलाई साक्षी मात्र बनाएकोमा सर्वोच्चले सोध्यो कारण

सर्वोच्चले सोध्यो– ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा किन चलेन ?

चीन भ्रमणमा रहनुभएका प्रम: दाहालले आज Chongqing Academy of Agricultural Sciences को अवलोकन गर्नुका साथै आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभएको छ।

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com