ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपक्षी गठबन्धन इन्डियाले १४ जना टेलिभिजन पत्रकारको कार्यक्रम बहिष्कार गर्ने


ABC NEWS

काठमाडौँ २९ भदौ । भारतीय विपक्षी गठबन्धन भारतीय राष्ट्रिय विकासवादी समावेशी गठबन्धन(इन्डिया) ले केही टेलिभिज पत्रकारलाई बहिष्कार गर्ने भएको छ । बिहीबार विपक्षी गठबन्धनअन्तर्गतको सबैभन्दा ठूलो दल भारतीय कंग्रेसको सञ्चार तथा प्रचार विभागका प्रमुखसमेत रहेका नेता पवन खेराले एक सूची जारी गदैै ‘आजतकु च्यानलका सम्पादक सुधीर चौधरीदेखि रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्णव गोश्वामीसम्मका १४ जनालाई आफ्ना गठबन्धनको कुनै पनि कार्यक्रमको लागि अनुमति नदिने बताएका हुन् ।

बुधबार विपक्षी गठबन्धन इन्डियाको कोअर्डिनेसन कमिटीको बैठकले १४ जना पत्रकारको कार्यक्रममा आफ्ना नेता र प्रवक्तालाई नपठाउने निर्णय बीबीसले जनाएको छ ।

केही कार्यक्रम र त्यसका सञ्चालक बहिष्कार गर्नुको कारण खुलाउँदै कंग्रेस नेता खेराले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘हरेक दिन साँझ ५ बजेदेखि केही च्यानलमा घृणाको पसल सजाइन्छ । हामी घृणाको बजारको ग्राहक बन्ने छैनौँ । हाम्रो उद्धेश्य हो ‘घृणामुक्त भारत । ‘हामीले हृदय भारी बनाएर केही एंकरका कार्यक्रममा हामी सहभागी हुँदैनौँ ।’ नेता खेराले आफ्ना नेताहरूविरुद्ध अनर्गल टिप्पणी, झुटा समाचार प्रसारण भइरहे पनि आफूहरू त्यसविरुद्ध निरन्तर लड्ने बताएका छन् । उनले समाजमा घृणा फैलाउन नदिने प्रतिबद्धतासमेत जनाएका छन् ।

जम्मू– कश्मीर केही प्रहरी र सैनिक अधिकृतको आतंकवादी आक्रमणमा मृत्यु भए पनि चुप रहने पत्रकारहरू बहिष्कार सूचीमा रहेको कंग्रेसले जनाएको छ । सेना प्रहरी सहिद भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्सव मनाएको पनि नेता खेराको आरोप छ । आफूहरूको सूचीमा परेका पत्रकार मोदीको इशारामा चल्ने दाबी गर्दै उनले लेखेका छन्, ‘यो पत्रकारको सूची होइन, यो त मोदीजीको ुचरण चुम्बकु भएकाहरूको सूची हो ।’

विपक्षी गठबन्धनले बहिष्कार गर्ने भनेको पत्रकारहरूको सूचीमा गोश्वामी र चौधरीसहित अदिति त्यागी, अमन चोपरा, अमिश देवगन, आनन्द नरसिंहा, अशोक श्रीवास्तव, चित्रा त्रिपाठी, गौरव सावन्त, नविका कुमार, प्राची पराशर, रुबिका लियाकत, शिव अरूर र सुशान्त सिन्हा रहेका छन् ।
न्डिया गठन्धन्धलने यी पत्रकारहरुले पत्रकारिताको मर्ममाथि प्रहार गर्दै मोदी प्रशासनको दलाली गरेको र हिन्दू–मुश्लिमको नाममा जतिय घृणा फैलाउने काम गर्दै आएको आरोप लगाएका छन् । पछिल्लो समय सन् २०२४ को लोकसभा निर्वाचनको तयारी चल्दै गर्दा भारतीय राजनीतिक समाज पुर्रै दुई ध्रुवमा बांडिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालगञ्जमा अनिश्चितकालको लागि कर्फ्यु :

नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै ,सदनमा उठ्यो आवाज

सम्बन्धित

नेपालगञ्जमा अनिश्चितकालको लागि कर्फ्यु :

नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै ,सदनमा उठ्यो आवाज

दिल्लीमा न्युजक्लिकमा आबद्ध पत्रकारको घरमा, दिल्ली प्रहरीको छापा

नेपालगञ्‍जमा कर्फ्यू आदेश जारी

एशियाली क्रिकेटमा नेपालको कमव्याक, जम्मा २३ रनले भारतसँग पराजित

मानव बेचबिखनमा टिकटकको दुरूपयोग बढ्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com