काठमाडौ २८ भदौ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा आफन्तको मृत्यु भएको निहुँमा सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ ।
हेटौँडाका पदम पोखरीका केहि युवाहरूको समूहले अस्पताल भित्र छिरेर दुई जना डाक्टरमाथि कुटपिट गरेका हुन् । एक महिना अघि हेटौँडा पदमपोखरीका एक जना पुरुषको डेङ्गुको कारण मृत्यु भएको थियो ।
उनको मृत्यु डाक्टरको लापरबाहीले भएको भन्दै युवाको समूहले दुई जना डाक्टरमाथि हातपात गरेका हुन् ।अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि युवाहरूको समूहले कुटपिट गरेको मकवानपुर प्रहरीले जनाएको छ । एक महिना अघि डेंगुको कारण मृत्यु भएका पुरुषको आफन्तहरूको समूहले डाक्टरहरूमाथि अस्पताल भित्रै कुटपिट गरेको मकवानपुरकाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
डेङ्गु र श्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सन्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो ।मृत्यु भएको एक महिनापछि उनका आफन्त सहितका युवाहरू अस्पताल प्रवेश गरेर दुई जना डाक्टरमाथि कुटपिट गरेको प्रहरीको भनाई छ । हातपातबाट डा। विडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।यो विषयलाई लिएर नेपाल स्वास्थ्यकर्मी संघ तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नगरे सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्