ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा सरकारले ६ वर्षअघि घोषणा गरेको रुकुमपूर्वको सदरमुकाम सर्वोच्चद्वारा खारेज


abc

काठमाडौ २८ भदौ । लुम्बिनी प्रदेशको रुकुमपूर्व जिल्ला सदरमुकाम सार्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको २०७४ सालको निर्णयलाई सर्वोच्च अदालतले ६ वर्षपछि बदर गरेको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार देउवा नेतृत्वको सरकारले गरेको निर्णय बदरको फैसलासंगै रुकुम पूर्वको स्थायी सदरमुकाम रुकुमकोट कायम भएको छ । २०७४ माघ ११ गते राति तत्कालीन देउवा सरकारले रुकुमकोटबाट सदरमुकाम पुथाउत्तरगंगा १२ को गोल्खाडा सार्ने निर्णय गरेपछि लामो समय आन्दोलन मच्चिएको थियो । स्थानीयका अनुसार माओवादी र एमाले नेताहरुको चाहना रुकुमकोट भएपनि स्थानीय कांग्रेस नेताहरुको चाहनामा तत्कालीन सरकारले पुथाउत्तरगंगाको गोल्खाडा तोकेको थियो ।

भूगोलका हिसाबले गोल्खाडा केन्द्रमा पर्ने भएपनि तत्काल कुनै भौतिक संरचना नभएको भन्दै माओवादी तथा एमालेका नेता कार्यकर्ता तथा साविकको रुकुमकोटका स्थानीय आक्रोशित बनेका थिए ।तर गोल्खाडालाई केन्द्र कायम गर्न माग गर्दै अर्को समूहले पनि जिल्लादेखि राजधानीमै पुगेर आन्दोलन गरेका थिए । गोल्खाडाका पक्षधरले मगर पहिचानका नामले गोल्खाडालाई सदरमुकाम कायम गर्नुपर्ने भन्दै सर्वोच्चमा परेको रिट खारेजीको माग गर्दै आन्दोलन गरेका थिए ।

जिल्लामा ५१ प्रतिशत मगर समुदायको बसोबास रहेको छ ।सरकारको त्यो निर्णय खारेजीको माग गर्दै अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले ०७४ माघ १७ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए । उनीहरु सबै रुकुमकोटका स्थायी बासिन्दा हुन् । उक्त रिटमाथि २०७४ माघ १९ मा सुनुवाई गर्दै न्यायाधीश दीपक कार्कीको एकल इजलासले सदरमुकाम सार्ने निर्णय हाललाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपनि अहिलेसम्म मुद्दाको टुंगो लाग्न सकेको थिएन ।अन्तरिम आदेश जारी भएपनि मुद्दालाई टुंगोमा पुर्याउन पटकरपटक पेसी तोकेर मुद्दा रोकिएको थियो ।

पछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशमान सिंह रावतको पूर्ण इजलासले उक्त मुद्दालाई संवैधानिक इजलासमा पठाउने फैसला गरेपछि पनि सर्वोच्चले उक्त रिटमाथि छलफल गर्न पटकरपटक पेसी तोक्दै आएको थियो । प्रधानन्यायाधीश विशम्भरप्रसाद श्रेष्ठ, वरिष्ठ न्यायाधीश इश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त पूर्ण इजलासले देउवा सरकारको निर्णय खारेज गरेको हो ।

रिट निवेदक अर्थात रुकुमकोटको पक्षबाट कानुनविद्हरु वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, उपेन्द्र केसरी न्यौपाने, टिकाराम भट्टराई, हरिहर दाहाल, गोबिन्द बन्दी, रमेश बडाल र भिमार्जुन आचार्यले बहस गरेका थिए । यसैगरी अधिवक्ताहरु गोपालदत्त पाण्डे, गनेश हमाल र किरण गौतमले पनि बहस गरेका थिए ।उता तत्कालीन देउवा सरकार र गोल्खाडा पक्षबाट महान्यायाधिवक्ता डाक्टर दिनमणी पोखरेलले बहस गरेका थिए ।

यस्तै गोल्खाडा सरोकारवाला पक्षधरबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित अधिवक्ता रामचन्द्र गौतम, सुर्य केसी र सालिग्राम आचार्यले बहस गरेका थिए ।लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्लाका रुपमा रहेको यो जिल्ला संघीय संरचनापछि नयाँ बनेको जिल्ला हो । रुकुम जिल्लालाई २०७४ सालमा रुकुमपूर्व र पश्चिम गरी दुई जिल्लामा बाँडेर रुकुमपूर्वलाई लुम्बिनी र रुकुमपश्चिमलाई कर्णाली प्रदेशमा राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

सम्बन्धित

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

केपी ओली : गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com