काठमाडौ २८ भदौ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा पर्ने मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको ज्यान गएको
प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिइ प्रहरीचौकी भागलपुरतर्फ फर्कँदै गर्दा उनलाई ट्रकले ठक्कर दिएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगे पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्