ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल हुँदै भारत पुग्थ्यो, हङकङबाट भित्रिएको तस्करीको सुन


एबीसी न्यूज

काठमाडौं, २७ भदौ । नेपालमा पछिल्लो समय हवाई मार्ग हुँदै भइरहेको सुन तस्करीका लागि हङकङलाई ट्रान्जिट बनाएको पाइएको छ।

साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्युरो सीआईबी ले गरेको ३५ दिन लामो अनुसन्धाननबाट उक्त कुरा खुलेको हो।

हङकङमा तीनवटा र नेपालमा पाँचवटा कम्पनी नै खडा गरेर कार्गोमार्फत सुन तस्करी हुने गरेको खुलेको हो। यो सुन तस्करी प्रकरणमा हङकङबाट नेपाल पठाउने काममा चिनियाँ नागरिकहरुको संलग्न पाइएको छ। त्यसैगरी ताइवानका नागरिक पनि नेपालमा हुने गरेको सुन तस्करीमा जोडिएका छन।

सुन तस्करीको अनुसन्धानमा खटिएका सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बुधबार आयोजित पत्रकार सम्मेलनमा हङकङ हुँदै नेपाल भित्रिएको सुन अवैध बाटोबाट भारत पुग्ने गरेको पाइएको बताए।

‘पछिल्लो समय धेरै अवैध सुन हङकङबाट नेपाल भित्रिएको भेटिएको छ’, उनले भने, ‘हाम्रो अनुसन्धान टोलीले नेपाल भित्रिएको उक्त सुन भारतीय बजारमा पुग्ने गरेको पाएको छ। यो प्रकरणमा अवैध सुन भारतसम्म पुर्‍याउन भारतीय नागरिकहरु पनि संलग्न रहेका भेटेका छौँ।’

सीआईबीले गत साउन ३ गते बरामद करिब ६१ केजी सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिँदैछ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको बताइन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com