ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कसैले मुख छोपे, कसैले घोसेमुन्टो लगाए सुन तस्करीका, अभियुक्तहरु:


abc

काठमाडौं, २७ भदौ । गत साउन ३ गते बरामद भएको करिब ६१ केजी अवैध सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले ५७ औँ दिनमा अुनसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ बुझाउँदैछ।

राजस्व अनुसन्धान विभागले गरेको १९ दिन लामो अनुसन्धानसहित सीआईबीले ५७ औँ दिनमा ५० जनालाई प्रतिवादी बनाउँदै प्रतिवेदन बुझाउन लागेको हो।

सीआईबीले यो प्रकरणमा तीन अर्बभन्दा धेरै बिगो दाबी पनि गरेको छ। सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रक्रियाबारे जानकारी दिएको छ। त्यसपछि सीआईबीको टोलीले लाजिम्पाटस्थित कार्यालयबाट पक्राउ परेका ३२ जनालाई मुद्दा अघि बढाउने प्रयोजनका लागि सरकारी वकिलको कार्यालय बबरमह ल्याएको छ।

बबरमहल ल्याउने क्रममा सीआईबी परिसरमै थुनुवाहरुलाई गाडीमा हालिएको थियो। त्यसक्रममा उनीहरुको तस्बिर फोटो पत्रकारहरुले कैद गर्न भ्याएका छन्।

फोटो पत्रकारहरुको नजर आफूहरुमाथि पर्दा केही घोसेमुन्टो लगाए भने केही मुख छोपेर आफूलाई लुकाउने प्रयास गरे।

पक्राउ परेका ३२ र फरार १८ जनाविरुद्ध सीआईबीले विभिन्न सात शीर्षकका फरक फरक मुद्दा चलाउने गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलकहाँ बुझाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com