ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री बनाउन पैसा मागेको प्रमाण ल्याए ७२ घण्टाभित्र कारबाही गर्छौं, रास्वपा:


abc

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले डा: ढाकाकुमार श्रेष्ठले लगाएइको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

श्रेष्ठले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले आफूलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने मनसायले पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा थापाको नाम उल्लेख छैन ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले साधारण सदस्यबाट हटाउँदा सांसद पद गुमेको थियो । केही दिनअघि स्पेस फोर के टेलिभिजनसँगको संवादमा बोल्दै थापाले श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको खुलाएका थिए ।

रास्वपाले घुस मागेको प्रकरणमा पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा।श्रेष्ठ वा जोकोही आए त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेस भएको ७२ घण्टाभित्र कारबाही गरिने जनाएको छ ।

“राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुशरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा।श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेस भएको ७२ घण्टाभित्र कारबाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ, “साथै पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पुर्‍याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौँ ।”

rawapa2-1694591440.jpg

rawapa1-1694591342.jpg

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com