काठमाडौं, २७ भदौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन प्रकरणमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । यो प्रकरणमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ ।
त्यसअघि सीआईबीका एसपी कृष्ण पंगेनीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका हुन् । अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस्