ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान निर्माणमा नेम्वाङको ठूलो सिर्जनात्मक भूमिका छ : अधिकारी


एबीसी न्यूज

काठमाडौं, २६ भदौ । श्याम अधिकारीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संविधान रक्षाका लागि बलियो आवाज भएको बताएका छन् । संविधानसभा सदस्य समेत रहेका उनले नेम्वाङको अनुपस्थितिमा नेकपा एमालेभित्र त्यो आवाजको रिक्तता महसुस भएको बताए ।

संविधानसभाले बनाएको ‘बच्चा संविधान’ भएको र यसलाई हुर्काउनुपर्छ भनेर नेम्वाङ दिलोज्यानले लागिपरेको व्यक्ति रहेको उनले उल्लेख गरे । संविधानका ‘पिल’हरू भत्काउनु हुन्न र जोगाएर लैजानुपर्छ भन्नेमा नेम्वाङको जोड रहने गरेको उनले सुनाए ।

नेम्वाङसँग आफू ४७ वर्षदेखि संगतमा रहेको उनले बताए । संविधानमा सुधार गर्नुपर्ने देखिएकाले त्यसका मुख्य–मुख्य बुँदालाई बल पुर्‍याउने गरी कस्ता संशोधन आवश्यक छ भनेर पछिल्लो समय आफूहरूले काम गरिरहेको उनले जानकारी गराए ।

संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयमा पनि आफूहरूले मिलेर काम गरिरहेको उनले बताए । उनले नेम्वाङको ‘समन्वयात्मक’ भूमिकाको प्रशंसा गरे । नेम्वाङको निधनबाट आफू दुःखी भएको उनले उल्लेख गरे ।

नेम्वाङको मंगलबार बिहान निधन भएको हो  संविधान बनाउँदा उहाँको भूमिका सकेसम्म समन्वयात्मक हुन्थ्यो । साह्रै समस्या पर्ने विषयमा उहाँ आफैँ समिति बैठकहरूमा पनि आउनुहुन्थ्यो । आफू बस्नु नपर्ने बैठकमा पनि बसेर जे कुरामा जटिलता हुन्थ्यो, त्यसलाई सहज बनाउने काम गर्नुहुन्थ्यो र सुझावाहरू दिनुहुन्थ्यो ।

दोस्रो कुरा, संविधानसभामा धेरै थरीका दलहरू थिए । माओवादी भर्खर भर्रभराउँदो भएर आएको थियो । अदालतलाई संसद्को मुनतिर राख्नुपर्छ भन्ने धारणा राख्थ्यो । सेनाको सम्बन्धमा उसको ‘र्‍याडिकल’ विचार थियो । उहाँले ती कुराहरूलाई सम्बोधन गर्दै वर्तमान स्थितिमा ल्याइपुर्‍याउन धेरै ठूलो भूमिका खेल्नुभएको छ ।

ऐनहरू बनाउँदा ‘क्रिटिकल’ ऐनहरूका बारेमा म सम्झन्छु, जुन मुलुकी ऐन छ नि, यसको सुधारका लागि मुलुकी देवानी संहिता, फौजदारी संहिता, फौजदारी कार्यविधि संहितालगायत निर्माण गरियो । ती निर्माणताका हामीले ‘तपाईंले यसलाई अरू ऐनजस्तो नगर्नुहोस्, यसलाई सबै ओपन गर्नुहोस्’ भन्यौँ ।

कुन बेला कुन कुरालाई संशोधन गर्नुपर्छ थाहा छैन, त्यसकारण टुंगोमा नपुगुन्जेल यसलाई ओपन राख्न सजेसन गर्‍यौँ । त्यो सल्लाहको आधारमा उहाँले मन्जुर गरेर रोस्ट्रममा ‘यो देवानी संहिता भनेको जनताको संविधानसरह नै हो’ भन्नुभयो । अर्थात्, अन्तिम क्षणसम्म बदल्नुपरे पनि बदल्न सक्ने गरी त्यो अधिकार समितिलाई दिनुभएको थियो ।

त्यो अधिकारलाई प्रयोग गरेर हामीले पाँचवटा उपसमिति बनाएर काम गरेका थियौँ । देवानी संहितामा मैले नै काम गरेको थिएँ, संयोजकको भूमिका खेलेर । यसरी हामी जुन जुन ठाउँमा जटिलता आउँथ्यो, त्यो बेलामा उहाँसँग बसेर त्यसलाई कसरी पार लगाउने भनेर सल्लाह गर्थ्यौँ ।

हामीले पहिलो संविधानसभाबाट संविधान दिन सकेनौँ, त्यो उहाँको हातमा मात्रै सबै थिएन । तर, दोस्रो संविधानसभाको दुई वर्ष नबित्दै संविधान आयो । त्यसमा उहाँको ठूलो सिर्जनात्मक भूमिका छ भन्ने मलाई लाग्छ ।

तेस्रो कुरा, मलाई खड्किएको कुराचाहिँ अहिले एमाले पार्टीभित्र एउटा सशक्त रूपमा संविधान रक्षा गर्नुपर्छ भन्ने आवाज हुनुहुन्थ्यो उहाँ, यो संविधान रक्षा गर्न लागिपरेको मान्छे । त्यो आवाजचाहिँ रिक्तता धेरै समय खड्किन्छ । किनभने, अहिले संविधान चापमा छ । संविधानको उपलब्धि संघीयता चापमा छ, गणतन्त्र, लोकतन्त्र चापमा छ ।

विशेष गरेर समानुपातिक समावेशीताको सिद्धान्त चापमा छ । यी पिलहरू भत्काउनु हुन्न, जोगाएर लानुपर्छ भनेर उहाँ सधैँभरि एकदम सचेत भएर वकालत गर्नुहुन्थ्यो, संविधानको पक्षमा । साँचो रूपमा भन्दा संविधानसभाले बनाएको बच्चा संविधान हो, यसलाई हुर्काउनुपर्छ भनेर उहाँ दिलोज्यानले लाग्नुभएको थियो । त्यो आवाजको रिक्तता महसुस गर्दछु, आज हामीले गुमाएको कुरा त्यो हो भन्ने मलाई लाग्छ ।

२०४८ सालमा राष्ट्रियसभामा आउनुभयो । त्यसपछि उहाँले संसदीय राजनीतिमा पछिल्तिर कहिल्यै फर्कनै परेन । उहाँको मृत्यु हुन्जेल उहाँ जनप्रतिधिकै रूपमा रहनुभयो । म पनि बीचको साना–साना अवधि छोड्ने भए २० वर्ष लगातार संसदीय राजनीतिमा बसेँ । उहाँसँग सहकार्य गर्ने अवसर पाएँ ।

मेरो त कानुन व्यवसायमा प्रवश गर्दादेखिकै उहाँसँग सम्बन्ध हो । ४७ भएछ उहाँसँग निरन्तर सम्पर्कमा बसेर काम गरेको । हामी बेग्लाबेग्लै पार्टीमा भए पनि हामीबीच सौहार्दता, हार्दिकता कहिले पनि टुटेन । निरन्तर रूपमा राष्ट्रिय हितमा कानुनहरू बनाउने कुरामा, कानुन पारित गर्ने कुरामा, संविधान बनाउने कुरामा, संविधानलाई कसरी अगाडि बढाउने कुरामा हामी लागिरह्यौँ ।

अहिले पनि यो संविधानमा सुधार गर्नुपर्ने देखिएको छ । संविधानको मुख्य–मुख्य बुँदालाई बल पुर्‍याउने गरेर कसरी काम गर्न सकिन्छ र त्यसलाई संशोधन गरेर कसरी अघि बढाउन सकिन्छ भन्ने कुरामा हामी छलफलमा थियौँ । यस किसिमको रचनात्मक रूपमा यी कुरामा ध्यान पुर्‍याउनुपर्छ भनेर हामी लागेका थियौँ ।

अन्तिम बेलामा संविधानलाई सुधारमा मात्र होइन, यो संक्रमणकालीन न्यायको सम्बन्धमा काम गर्दै थियौँ । उहाँहरू संसद्भित्र हुनुहुन्छ, म त छैन । म बाहिर र उहाँहरू भित्र बसेर भए पनि हाम्रो बीचमा लगातार, निरन्तर संवाद गरेर अघि बढ्दै थियौँ । संक्रमणकालीन न्यायलाई कसरी टुंग्याउन सकिन्छ भनेर उहाँ जसरी लाग्नुभएको थियो, त्यो पनि सम्झनुपर्ने विषय हो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com