ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमेश लेखकको नजरमा नेम्वाङ : सहमतीय राजनीतिका ‘आइकन’


abc

काठमाडौं, २६ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुवास नेम्वाङ सहमतीय राजनीतिका लागि ‘आइकन’ भएको बताएका छन् । संविधानसभा अध्यक्षसमेत रहेका नेकपा एमाले उपाध्यक्ष नेम्वाङको आज बिहान निधन भएको छ ।

नेम्वाङको निधनमा गहिरो दुःख व्यक्त गर्दै लेखकले आफूले परिवारको सदस्य गुमाएको उल्लेख गरे । बाह्रखरीसँग कुराकानी गर्दै उनले नेम्वाङ दुई–दुईपटक भएको संसद् विघटनको पक्षमा नभएको बताए ।

नेम्वाङबारे लेखकको भनाइ ः म स्तब्ध भएको छु । मेरो घरपरिवारकै एक सदस्यको अनुपस्थिति भएको मैले अनुभूति गरेको छु । यत्तिको सालिन, भद्र र विनम्र र सबैलाई मिलाएर जानुपर्छ भन्ने खालको नेता भेट्न गाह्रो हुन्छ । उहाँको निधनले अपूरणीय क्षति भएको छ ।

मेरो उहाँसँग धेरै लामो सम्बन्ध रह्यो । हामीले लामो समयसम्म नजिक भएर काम गरेका छौँ । आफ्नो पार्टीको कुरामा पनि उहाँको त्यत्तिकै योगदान छ । मुलुकलाई पनि त्यत्तिकै योगदान छ भने अरू पार्टीका विषयमा पनि सबैलाई मिलाएर हिँड्ने क्षमता भएको मानिस हो उहाँ ।

संविधानसभा अध्यक्ष भएर पनि उहाँले संविधानसभाभित्र पनि हमेसा उहाँको भूमिका मिलाएर जानुपर्छ भन्ने नै भयो । अत्यन्त जटिल, धेरै अप्ठ्यारो समयमा पनि उहाँ कहिल्यै बिचलित हुनुभएन । बरू समय लागे पनि सबैलाई मिलाएर संविधान बनाउने हो भन्ने कुरामा दृढ प्रतिवद्धता रह्यो । त्यसको फलस्वरूप सहमतिमै संविधान टुंगिएको हो ।

उहाँसँग त्यो बेला पनि प्रायः दिनहुँ भेट हुन्थ्यो । उहाँले सबै नेतालाई एक ठाउँमा राख्नुपर्छ, यो व्यवस्था जोगाउन र संविधान बनाउनका लागि सहमतिमा जानुपर्छ र सहमतिमै यो कुरा टुंगो लगाउने पक्षमा छु भन्नुहुन्थ्यो । सहमतीय राजनीतिका लागि आइकन नै हो उहाँ । उहाँको अवसानले मुलुकलाई ठूलो क्षति पुर्याएको छ ।

उहाँ संसद् विघटनको पक्षमा हुनुहुन्थेन । मेरो धेरै कुरा भएको छ उहाँसँग । अहिलेलाई म त्यत्तिमात्र भन्छु कि उहाँ पार्टीको अनुशासन र मान्यताभित्र बस्नुपर्ने एउटा परिस्थिति थियो । तर, उहाँ विघटनको पक्षमा हुनुहुन्थेन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com