ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीपीले नपाएको १५ वर्ष– पाएको भए के हुन्थ्यो ?


abc

काठमाडौं, २५ भदौ । २०३६ सालमा टुंडिखेलमा भएको आम सभालाई सम्बोधन गर्दा बीपी कोइरालाले त्यसभन्दा करिब २० वर्षअघिको एउटा कुराकानी स्मरण गर्दै भनेको विषयमा सोमबार कांग्रेसको पार्टी कार्यालय सानेपामा विमर्श भरियो ।

त्यसबेला बीपी कोइरालाले करिब २० वर्षअघि अर्थात् २०१६ सालतिर राजा महेन्द्रसँगको कुराकानी सुनाएका थिए ।

बीपीले सम्बोधनका क्रममा भनेका थिए– २० वर्षअघि राजा महेन्द्रले एउटा कुरा सोधेको स्मरण गर्छु । बीपीबाबु देश कसरी बदल्ने रु

मैले राजालाई भनेको थिएँ – म विराटनगरको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएको हुँ । खान लाउन पुग्ने परिवारको मान्छे हुँ । १५ वर्ष मैले पाउने भए प्रत्येक नागरिकलाई मध्यमवर्गकोजस्तै खानलाउन पुग्ने बनाउने थिएँ ।

यसै विषयलाई केन्द्रमा राखेर कांग्रेस महामन्त्रीसमेत रहेका सहजकर्ता गगन थापाले अध्येता हरि शर्मालाई सोधे–

बीपीले १५ वर्ष पाएको भए के हुन्थ्यो ?

शर्माले जवाफ दिए, “यो कल्पना गर्ने प्रश्न हो । बीपीले पाउनुभएन । पाउनुभएको भए के हुन्थ्यो रु उहाँले १८ महिनामा जे काम गरेर देखाउनुभयो । त्यसले नै सबै कुरा भन्छ । बीपीले आफ्नो शासनकालमा जे कुरा सुरु गर्नुभएको थियो, भूमिसुधार, न्यायपूर्ण समाजको सुरुवात हुन्थ्यो । परराष्ट्र नीति अघि बढाउनुहुन्थ्यो ।”

शर्माले यसबाट के सिक्ने भन्दा हाम्रो राजनीतिक नेतृत्व बीपी जति तयार छन् कि छैनन् भन्ने देखाइसकेको बताए ।

“बीपी चिन्तनमात्रै होइन कार्यक्रममा पनि प्रतिवद्ध हुनुहुन्थ्यो,” शर्माले भने, “हुटहुटी र कार्यक्रम थियो । १८ महिनाको छोटो समयमा जुन कार्यक्रम ल्याउनुभयो । त्यसले आज हामीलाई सचेत बनाएको हुनुपर्छ । क्रान्तिकारी बीपीसँग हुटहुटी थियो ।”

बीपीले आफ्नो शासनकालमा बिर्ता उन्मुलन, विदेशसँगको सम्बधलगायतका काम गरेर देखाएको शर्माले बताए ।

“बीपी समयको उपज हुनुहुन्थ्यो । बीपी पुनर्जागरणको बिम्ब हुनुहुन्थ्यो, परिवेश र परिवर्तनलाई जोड्ने युगान्तकारी नेता हो,” शर्माले भने, “विश्व आन्दोलनमा योगदान गर्ने क्षमता थियो । अर्काको नक्कल गरेर पनि अघि बढ्न सक्छौँ । परिवर्तन सम्भव छ भन्ने देखाउनुभयो विचारमा दरिलो हुनुपर्छ भन्ने थियो ।”

उनले अहिले पनि कांग्रेसमा थुप्रै नेता चुनाव जितिसकेपछि आफूले जनतामा के प्रतिवद्धता गरेको थिएँ भन्ने भुल्ने अवस्थामा पुग्दा समस्या भएको बताए ।

“यहाँ थुप्रै साथीहरुले चुनाव लडिरहनुभएको छ । जसले जे भन्यो गर्नैपर्ने हुन्छ । जितिन्छ अब सिष्टमभित्र पसिन्छ । मेरो दिन अब यिनै हुन् भन्ने सोचेपछि समस्या भएको हो,” उनले भने, “अब सिंहदरबारमा गएको भोलिपल्ट के गर्ने भन्ने तयारी अवस्थामा बस्नैपर्छ । अहिलेको राजनीतिक नेतृत्वले सुन्दैन । त्यसबाट के आशा गर्ने रु कुरा गर्ने होइन सुन्ने नेतृत्व चाहिएको छ ।”

प्राध्यापक अच्युत वाग्लेले बीपी कोइरालाले त्यसबेला १५ वर्ष पाएको भए मुलुकको अवस्था अर्कै हुन सक्ने बताएका थिए ।

“दोस्रो पञ्चवर्षीय योजनाको बीपीले यसरी परिकल्पना गर्नुभएको थियो– योजनावद्ध विकास आवश्यक हो भन्नुभएको थियो । पहिलो पञ्चवर्षीय योजनाको बजेट २२ करोड थियो । दोस्रो पञ्चवर्षीय योजना एक अर्ब ९६ करोडको अनुमान गर्नुभयो । १६ प्रतिशत कृषि उत्पादकत्वमा जोड दिनुभयो । ९ गुणा बढीको अनुमान थियो । एक अर्ब ५२ करोड पुँजीगत खर्च गर्छु भन्नुभयो । उहाँको सबैभन्दा पहिलो काम भूमिसुधारमा सामन्तवाद अन्त्य गर्ने भन्ने थियो । जमिनको बारेमा तीनवटा शब्द भन्नुभएको छ । उत्पादकत्व वृद्धिमा जोड दिनुभएको छ ।”

बीपीको समाजवादलाई कांग्रेसले प्रयाप्त छलफल नै नगरेको उनको टिप्पणी थियो ।

“अहिले गर्नुपर्ने केही छैन । संविधानले भनेको समाजवाद दिन सकियो कि सकिएन रु,” वाग्लेको प्रश्न थियो,“समान नागरिक हक उपभोग गर्न पायो कि पाएन रु नेतृत्वले पर्खाल बाहिरको कुरा सुन्नुप¥यो ।”

संविधानविद् तथा प्राध्यापक विपिन अधिकारीले बीपीले १५ वर्ष पाएको भए सामाजिक न्याय र आधारभूत शिक्षामा काम गरेर देखाउन सक्ने र त्यसले मुलुकको भविष्य कोर्ने बताए ।

“बीपीले निरन्तरता पाएको भए पद्म शमशेरको संविधान लागु गर्न पनि राणाहरुको निष्ठा छ भने स्वीकार गर्न तयार छु भन्नु नै नेतृत्त्वदायी भूमिका निर्वाह गर्न सक्नुहुन्थ्यो भन्ने देखिन्छ,” उनले भने, “बीपीले समय पाएको भए सामाजिक न्याय, आधारभूत शिक्षालगायतका संरचना लागु हुन्थ्यो त्यसले भविष्य दिन्थ्यो ।”

उनले अहिले बनाएको संविधान पनि कमजोर नरहेको टिप्पणी गर्दै भने, “उहाँले काम गर्नका लागि स्पेश खोजेको हो । अहिले हामीसँग संविधान एकदमै राम्रो छ । नेपालको संविधान नराम्रो छ भन्ने आधार छैन । राम्रो संविधानले के उत्पादन गरेको छ भन्ने महत्वपूर्ण हो । त्यहाँ निष्ठाको कमी छ । बीपीले रुपान्तरित समाजवादमा त्यो आशा गर्नुभएको थियो ।

बीपीले त्यसबेला भनेको पनि त्यही हो । सभामुखले भोट हाल्न हुन्छ कि हुँदैन रु भन्ने बहस आयो । हामीकहाँ प्रजातन्त्रले काम गर्न नसकेको ठूला कुरा गर्छौँ आम मानिसका कुरा गर्न सक्दैनौँ ।”

प्राध्यापक मञ्चला झाले बीपीले थप १५ वर्ष पाएको भए अहिले विमानस्थलमा रोजगारीका लागि विदेश जानेको भीड नहुने, मिटरब्याज पीडित आन्दोलनमा होमिन नपर्ने, पाँच किलो मलका लागि भारतीय प्रहरीको लाठी खानुपर्ने अवस्था आउने थिएन भन्दै आफ्ना धारणा राखेकी थिइन् ।

“बीपी कोइरालालाई सिद्धान्त र व्यवहारमा एक भएको देखेकी छु,” उनले भनिन्, “प्रजातान्त्रिक समाजवाद व्यवहारमा लागु गर्न प्रयास गरेको देखेँ मैले । १८ महिनामा यति धेरै काम गरेको देखेको छैन एक वर्षमा १६ सय विद्यालय स्थापना चानचुने थिएन । बीपीले १५ वर्ष पाएको भए लाखौँको संख्यामा युवा विदेश जानु पर्दैन थियो । पाँच किलो मलका लागि भारतीय प्रहरीको डण्डा खानुपर्दैनथ्यो । मिटरब्याज पीडित धर्नामा बस्नुपर्दैनथ्यो होला । उहाँसँग समय भएन ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

सम्बन्धित

प्रचण्डको ल्हासा र छोंगछिंगमा रणनीतिक वार्ता, मानसरोवरमा शिलापुजनको तस्वीर सार्वजनिक

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

केपी ओली : गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com