ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमणमा नतिजामुखी योजनामात्रै अघि बढाउन प्रधानमन्त्रीलाई पूर्व राजदूतहरुको सुझाव


ABC NEWS

काठमाडौं २४ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन्।

आइतबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री दाहाललाई विज्ञहरुले यस्तो सुझाव दिएका हुन्। उनीहरूले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको र दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल ९नतिजामुखी० र भाएबल ९व्यवहारिक० प्रोजेक्टहरु मात्रै अघि बढाउन सुझाव दिएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बताए।

उनले चीनका चिन्ता चासोहरूलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन विज्ञहरूले सुझाएको बताए।

‘प्रधानमन्त्रीज्युले पूर्वपरराष्ट्र सचिवहरु, राजदुतहरुसँग आसन्न चीन भ्रमणका सन्दर्भमा सल्लाहका लागि बोलाउनुभएको थियो। त्यसमा आउनुभएका पूर्वसचिवहरु र राजदुतज्युहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ठ सम्बन्ध रही आएको, दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेभल र भाएबल प्रोजेक्टहरु कार्यक्रमहरु मात्रै राखेर एजेण्डा मात्रै राखेर अघि बढ्दा उपयुक्त हुने, दुई देशबीचको सम्बन्ध सुमधुर रही आएको र त्यसलाई निरन्तरता दिने कुरामा बढी जोड दिन र चीनका चिन्ता चासोहरुलाई सम्बोधन गर्नेगरी भ्रमणलाई सार्थक बनाउन सुझाव दिनुभएको छ। प्रधानमन्त्रीज्युले सुझावलाई महत्वका साथ लिनुभएको छ,’ साउदले भने।

प्रधानमन्त्री दाहालले आज बिहान राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीसँग पनि आसन्न विदेश भ्रमणबारे सुझाव लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com