ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौंडामा प्रधानमन्त्रीले भने : सरकारलाई चौतर्फी दबाब छ, अदालतमा पनि मुद्दा हाल्दैछन्


abc

काठमाडौं,२४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट शक्ति एक हुनुपर्ने अवस्था आएको बताएका छन्।

अहिलेको सत्ता गठबन्धन कति बलियो छ भन्ने देखाउन पनि समाजवादी मोर्चा गरिएको बताएका हुन्। आइतबार हेटौंडामा समाजवादी मोर्चा घोषणाको प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्रीले सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने अवस्था आएकाले समाजवादी मोर्चा बनाएको बताएका हुन्।

‘हालको गठबन्धन टिकाउन मात्रै नभएर ठूलो शक्ति बन्न पनि कम्युनिष्टहरु एक हुनुपर्ने समय आएको छ। हुन त बेला(बेलामा मोर्चा धेरै दिन टिक्दैन भन्ने पनि चर्चा सुन्नमा आएको छ। तर यस्तो होइन’, प्रचण्डले भने।

यस्तै, उनले आफू जति समय प्रधानमन्त्रीका रहने हो, त्यतिन्जेल राम्रो काम गरेर देखाउने बताए। ‘कती समयसम्म प्रधानमन्त्री हुन्छु भन्ने छैन। त्यही पनि प्रधानमन्त्री रहुन्जेल राम्रो काम गर्छु,’ उनले भने।

आफ्नो चीन र अमेरिका भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवादको दिशामा अघि बढेको दाबी गरे।

भ्रष्टाचारविरुद्ध र शुसासनका पक्षमा चलाइएको अभियानलाई निरन्तर अगाडि बढाइने उनले बताए। उनले सुशासन, सामाजिक न्याय र समृद्धि अभियान एकथरी मान्छेहरुलाई मन नपरेको बताए।

‘यो अभियान उनीहरुको सोच र उनीहरुले हिजो चलाएको बेथिति र कुशासनविरुद्ध लक्षित छ भन्ने छ’, उनले भने, ‘सरकारको नेतृत्व गरिरहँदा विभिन्न कोणबाट दबाब महसुस भइरहेको छ। पटक पटक प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा पर्ने गरेका छन्।’

उनले विस्तृत शान्ति सम्झौताविरुद्ध गएर संविधानमाथि नै प्रहार गर्ने गरी मुद्दा हालिएको पनि बताएका छन्।

‘अदालतमाथि कुनै किसिमको अपमान गर्नु छैन’, उनले भने,‘संविधानको मर्मविपरीत दबाब दिन खोजिएको छ, तर्साउन खोजिएको छ। मुद्दा त परिरहन्छ तर यो सामान्य कुरा हो।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

समिट एयरले छाडेका डाक्टरहरुलाई लिन मन्त्री किरातीले पठाए अर्को जहाज

सम्बन्धित

एमाले बागमती प्रदेश अधिवेसनको बन्दसत्र सुरु, ११ सदस्यीय अध्यक्ष मण्डल

समिट एयरले छाडेका डाक्टरहरुलाई लिन मन्त्री किरातीले पठाए अर्को जहाज

टिकट काटिसकेका डाक्टरहरुलाई उतारेर माओवादी नेताहरूले चढे समिट एयर

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

इन्द्रजात्रामा काठमाडौंका यी ठाउँमा सवारी आवागमन प्रभावित हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com