ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई रास्वपाको सुझाव : भारत भ्रमणमा जस्तो भद्रगोल चीन जाँदा नहोस्


abc

काठमाडौं,२४ भदौ । आगामी असोज पहिलो हप्ता अमेरिका हुँदै चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले सात बुँदे सुझाव दिएको छ।

आइतबार सिंहदरबारमा बसेको संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरुसँगको बैठकका क्रममा रास्वपा उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री प्रचण्डलाई सात बुँदे लिखित सुझाव बुझाएका हुन्।

उपभापति अर्यालका अनुसार प्रधानमन्त्रीलाई यसअघिका भ्रमणमा जस्तो जम्बो टोली लिएर नजान भनिएको नेपालखबरलाई बताएका छन्।

‘यसअघि जस्तो जम्बो टोली लिएर गएको विषयमा हामीले त्यस्तो गल्ती नदोहोर्‍याउन भनेका छौँ’, उनले भने, ‘भारत भ्रमणमा जाँदा टोलीका सदस्यले अनुशासन पालना नगरेको विषय बैठकमा लिखित रुपमा राखेका छौँ। भारत जाँदा जस्तो भद्रगोल चीन जाँदा नदोहोरियोस् भनेका छौँ।

रास्वपाले चीन भ्रमणका लागि सात बुँदे सुझाव बुझाएपछि प्रधानमन्त्री प्रचण्डले आफू यस पटक सचेत रहेको जवाफ दिएका छन्।

‘यस पटक म सचेत छु’, जवाफमा प्रधानमन्त्रीले भने, ‘तपाईंहरुकै सुझावअनुसार भ्रमण टोली सकेसम्म छरितो हुनेछ। भ्रमणमा अनुसशान पालनालाई लिएर पनि म गम्भीर छु।’

प्रचण्ड भारत भ्रमणमा जाँदा परराष्ट्र मन्त्रालयले तय गरेको न्यूनतम् शिष्टाचार पालना नगरेको, परराष्ट्र मन्त्रीसहितका सरकारी अधिकारीलाई भन्दा राजनीतिक भेटघाटमा छोरीलाई प्राथमिकता दिएको जस्ता विषयले आलोचना भएको थियो।

त्यस्तै प्रधानमन्त्रीले राजघाटमा श्रद्धाञ्जली दिने क्रममा नेपाली भ्रमण टोलीका सदस्यहरुले मोबाइल निकालेर फोटो खिच्न व्यस्त रहेका जस्ता कुराले विवाद भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ॐ शब्द शब्दकोषबाट हटाएको भन्ने विषय कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजी पूर्वशिक्षामन्त्री शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com