ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलनमा राख्न दलहरूको सुझाव


एबीसी न्यूज

काठमाडौं,२४ भदौ । प्रमुख राजनीतिक दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाल र छिमेकी राष्ट्रहरूबीचको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्क र त्यसपछि चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललाई दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित राख्न सुझाव दिएका हुन् ।

आइतबार बिहान प्रधानमन्त्री दाहालले आफ्नो न्यूयोर्क र चीन भ्रमणका सम्बन्धमा पूर्वप्रधानमन्त्रीहरू, संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरू र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्न सर्वदलीय बैठक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा पूर्वप्रधानमन्त्री र दलका नेताहरूले चीन र भारत दुवै देशहरू नेपालका असल छिमेकीहरू रहेको भन्दै त्यसको सन्तुलन कायम राख्न सुझाव दिएका थिए ।

त्यस्तै, चीन भ्रमणमा हुँदा नेपालको चुच्चे नक्साको विषयमा कुरा उठाउन समेत दलहरूले सुझाव दिएका छन् । बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले बैठकमा संयुक्त राष्ट्रसंघ र चीन भ्रमणका बेला प्रधानमन्त्रीले ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको बताए ।

‘प्रधानमन्त्रीज्यूले आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गर्नुभएको छ,’ उनले भने, ‘त्यस क्रममा अहिलेको अवस्थामा संयुक्त राष्ट्रसंघमा र चीन भ्रमणका बेलासमेत ध्यान दिनुपर्ने कुराहरू, राख्नुपर्ने प्रस्तावहरू, अपनाउनु पर्ने सावधानी र गर्नुपर्ने कामहरूका विषयमा पूर्वप्रधानमन्त्रीहरूसहित दलहरूबाट महत्त्वपूर्ण सुझाव र सल्लाह प्राप्त भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई सफल बनाउने विषयमा सबै राजनीतिक दलहरूको बीचमा सहमति भएको छ ।’

बैठकले दलहरूले सबै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलनमा राख्न सुझाव दिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए ।

उनले आफूले भने गरिबी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट सिकेर आउन सुझाव दिएको बताए । ‘गरिबी निवारणको सवालमा चीनले जुन सफलता हासिल गरेको छ, त्यसबाट हामीले थुप्रै सिक्न सकिने कुराहरू छन्, हामीले उनीहरूबाट सहयोग र सहकार्य प्राप्त गर्न सक्छौं,’ बैठकपछि अध्यक्ष राउतले भने, ‘हामीले प्रधानमन्त्रीजीलाई त्यस्तो वातावरण बनाउन पहल गर्न सुझाव दिएका छौं ।’

प्रधानमन्त्री दाहाल यही ३० भदौमा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन अमेरिका जाँदैछन् भने महासभापछि त्यतैबाट चीन भ्रमणमा जाने कार्यतालिका छ ।

प्र

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com