ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीलाई अमेरिका पठाइदिने भन्दै विभिन्न देशमा बिचल्ली पार्ने गिरोहका नाइके पक्राउ


एबीसी न्यूज

काठमाडौं, २२ भदौं । विभिन्न प्रलोभन देखाई नेपालीलाई अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन्।

पूर्वी रुकुमको सिस्ने गाउँपालिका ४ नाथीगाड घर भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्ने अमेरिकन नागरिक ५२ वर्षीय मृदुर भन्ने हस्त गौतमलाई मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

गौतमले अमेरिका पठाइदिने भन्दै नेपालीलाई युएई, थाइल्याण्ड, फिलिपिन्स, जाम्बिया, सिंगापुर, हङकङ लगायतका देशहरुमा पुर्याएर बिचल्ली पार्ने गरेको प्रहरीले जानकारी दिएको छ।

ती देशमा पुर्याएर राहदानी, मोवाइल लगायत जफत गरेर ठूलो मात्रामा पैसा माग्ने एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचविखन गर्ने, बुझाउने जस्ता कार्य गरेको ब्यूरोले जनाएको छ। बुधबार रुपन्देहीबाट पक्राउ गरेर ल्याएका गौतमलाई शुक्रबार ब्यूरोले सार्वजनिक गरेको छ।

नेपालीलाई बिचल्ली पार्ने नाइके
यसअघि पक्राउ परेका कमल तामाङ समेतकाविरुद्ध मानव बेचविखन तथा ओसारपसार र संगठीत अपराधको कसुरमा ५ वटा मुद्दा दर्ता भएका थिए। उक्त कसुरमा संलग्न ३ जनालाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेकोमा गौतम मुख्य योजनाकार भएको खुलेको थियो।

फरार रहेका गौतमलाई विशेष सूचनाको आधारमा रुपन्देहीको बेलहियाबाट प्रहरीले पक्राउ गरेको हो।

उनले आफ्नो बेस मेक्सिकोमा बलाई आफ्ना ५ जना एजेन्टलाई नेपाल, दुवई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलंका, कोलम्बिया, लेटिन अमेरिका लगायतका देशहरुमा परिचालन गरेको खुलेको छ। उनीहरुले अमेरिका पठाउने भन्दै ठूलो मात्रामा रकम लिने, बन्धक बनाउने, थप पैसा माग्दै जाने, शारीरिक मानसिक यातना दिने गरेका थिए।

अमेरिका पठाउने भनी बिचल्ली पारेको भन्दै मानव वेचविखन अनुसन्धान ब्यूरोमा ५ वटा मुद्दा दर्ता भएका थिए। ६ जना पीडित रहेको र २ जनाको उद्धार हुन बँकी नै रहेको ब्यूरोले जनाएको छ। उनीहरुको उद्धारका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेको पनि ब्यूरोका प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठले बताए।

पीडितहरुबाट गौतम लगायत उनको समूहले २ करोड भन्दा बढी रकम लिएका छन्। गौतमले हालसम्म २ सय नेपालीलाई अमेरिका पठाइसकेको प्रहरीलाई बयान दिएका छन्।

उनले पठाएका १३ जना भने अन्य देशमा अझै पनि अलपत्र रहेको प्रहरीले बताएको छ। उनले अमेरिका पठाउने नाममा भिजिट भिसामा विभिन्न देशमा पठाउने गरेका थिए।
हस्त गौतम उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर ब्यूरोले अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com