ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक दिन जेल नबसी रिहा हुँदै रुङ्गटा, धरौटीमा छाड्न उच्च अदालतको आदेश


abc

काठमाडौं, २२ भदौं । एकजना व्यवसायीको आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा पठाएका प्रदीप रुङ्गाटा एक दिन पनि जेल नबसी रिहा हुँदैछन्।

आत्महत्या दुरुत्साहन मुद्दामा पूर्पक्षका लागि जेल चलान आदेश भएका चितवनका व्यवसायी रुङ्गटा एक दिन पनि जेल नबसी रिहा हुन लागेका हुन्।

चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेतासमेत रहेका शंकर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले रुङ्गाटालाई साउन १८ गते पुर्पक्षका लागि जेल चलानको आदेश गरेको थियो।

पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रतिवादी रुङ्गटा अदालतमै बेहोस भएका थिए। जिल्ला अदालत चितवनले थुनामा राख्न दिएको आदेशपछि बेहोस भएका रुङ्गाटालाई उपाचारका लागि भरतपुर अस्पताल लगिएको थियो।

मृतक कँडेलले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोराले रुङ्गटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको आदेशमा भनिएको थियो।

व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरण स् रुङ्गटा थुनामा, बेहोसपछि अस्पताल भर्ना
‘मृतक शंकर प्रसाद कँडेलले आत्महत्या गर्नुपूर्व निजले आत्महत्या गर्नु पर्नाको कारण भनी लेखेको कागजको बेहोरा, जाहेरी दरखास्त कल्पना पौडेल, कमला शर्मा पौडेल समेतले घटना विवरण कागजमा लेखाइदिएको समेतका तत्काल प्रमाणबाट यी प्रतिवादी प्रदिपकुमार रुङ्गटा आरोपित कसूरमा संलग्न छैनन् भन्न सकिने अवस्था नदेखिएको र आरोपित कसूर ठहर भएमा हुनसक्ने सजाय समेतलाई विचार गर्दा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ ९१० ९ख० बमोजिम मुद्रा पुर्पक्षका लागि थुनामा राख्नुपर्ने देखिँदा कानुन बमोजिमको सिधा खान पाउने गरी रितपूर्वकको थुनुवा पूर्जी दिई कारागार कार्यालय चितवनमा पठाइदिनु भनी ऐ संहिताको दफा ७९ बमोजिम यो आदेश पर्चा गरिदिएको छ’, अदालतले त्यसबेला भनेको थियो।

तर घटनाको तीन महिनापछि अदालतमा उपस्थित भएका रुङ्गटा जेल गएनन्। अदालतको आदेशलगत्तै बिरामी भएको भन्दै रूङ्टाका सहयोगीले उनलाई तत्कालै भरतपुर अस्पतालमा भर्ना गरे। रक्तचाप बढेको भन्दै अदालतमै बेहोस बनेका रुङ्गाटालाई केही दिनको उपचार र अस्पताल बसाइपछि भरतपुर अस्पतालले गत भदौ ८ गते डिस्चार्ज गरेको थियो।

डिस्चार्ज भएपछि कारागार पठाइएका उनलाई एक रात पनि नबसी त्यही बेलुका बिरामीको बहानामा चितवन मेडिकल कलेज लगिएको थियो।

उनले आफूलाई गम्भीर बिरामी भएको बहाना बनाएर अस्पताल भर्ना भएका थिए। अदालतको आदेशमा जेल जानुपर्ने रुङ्गटा अहिले पनि भरतपुरस्थित चितवन मेडिकल कलेजमा छन्।

जिल्ला अदालतको आदेशपछि रुङ्गटाले धरौटीमा छाड्न मागसहित उच्च अदालत हेटौँडामा रिट हालेका थिए।

उच्च अदालत हेटौंडाले रूङ्गाटाको निवेदनअनुसार पाँच लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी र निर्मला शाक्यको इजलासले यही बिहीबार रुङ्गटालाई धरौटीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए।

बिहीबार अदालतले आदेश दिए पनि चितवन र मकवानपुरसहितका जिल्लामा शुक्रबार सार्वजनिक बिदा छ। यस्तोमा अब रुङ्गटा आइतबार धरौटीमा छुट्ने छन्।

अनमोल फिड्सको ८५ प्रतिशत शेयर किनेका रुङ्गटाले कम्पनीको दायित्व बोध नगरी आफूलाई तनाव दिएको भन्दै व्यवसायी कँडेलले वैशाख १९ गते आत्महत्या गरेका थिए।

कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’मा रावल र त्यही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण यस्तो निर्णय गर्नुपरेको उल्लेख गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सम्बन्धित

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १ को मृत्यू २ गम्भीर घाइते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com