ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश : ३७ दिनमै सभामुख र मन्त्री पद गुम्दा के भन्छन् बाबुराम गौतम?


abc

काठमाडौं, २२ भदौ, । कोशी प्रदेशमा सरकार ढाल्ने र नयाँ बनाउने खेल चलिरहेको छ। बिहीबार मात्रै सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गर्दै हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ।

गठबन्धनको तर्फबाट दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका कांग्रेस नेता थापाको पद ३७ दिनमै गुमेको छ। सर्वोच्चको परमादेशअनुसार शनिबारसम्म एमाले नेता कार्की तेस्रोपटक कोशीको मुख्यमन्त्री नियुक्त हुनेछन्। कोशी प्रदेशमा सरकार ढाल्ने र नयाँ बनाउने राजनीतिक किचलोको सबैभन्दा धेरै चेपुवामा परेका पात्र हुन्( माओवादी केन्द्रका केन्द्रीय सदस्य बाबुराम गौतम।

मजदुर पृष्ठभूमिबाट माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका गौतम गएको ४ मंसिरमा भएको निर्वाचनमा ओखलढुंगा प्रदेशसभा ९ख०बाट निर्वाचित भएका थिए।

गएको पुस २७ मा कोशीको सभामुखमा नियुक्त गौतम दलहरुबीचको राजनीतिक खिचातानीको कारण गएको साउन १६ गते कोशी प्रदेशसभाको सभामुखबाट राजीनामा दिन बाध्य भएका थिए। त्यतिबेला उनले आफूलाई सभामुखबाट राजीनामा दिन मन नभएपनि पार्टी नेतृत्वको निर्देशनअनुसार राजीनामा दिनुपरेको गुनासो गरेका थिए।

त्यसको भोलिपल्टै कोशी सरकारको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका गौतमको त्यो पद पनि ३७ दिनमै ९बिहीबार०गुमेको छ।

सरकार गठनको लागि गठबन्धनलाई बहुमत जुटाइदिन छँदाखाँदाको सभामुखबाट राजीनामा दिएर राजनीति विकृतिको सुरुवात गरेको आरोप पनि उनी खेपिरहेका छन्।

३७ दिनभित्र दुबै पद सभामुख र आर्थिक योजनामन्त्री गुमाउनु पर्दा उनी के सोचिरहेका होलान्रु धेरैलाई चासो छ।

बिहीबार साँझ कोशीका मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्चले पदमुक्त गरेपछि गौतमले त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

अदालतको निर्णयले कोशी प्रदेशको राजनीतिलाई झन् अन्योलपूर्ण बनाएको उनको टिप्पणी छ।

‘अदालत सहि होला सायदरु’ बिहीबार साँझ मन्त्री पदबाट मुक्त भएपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोशी राजनीति झन् अन्योलपूर्ण दिशामा। तथापि बधाई नयाँ सरकार

बुधबार साँझ कोशीको मन्त्री पदबाट मुक्त भएका गौतम आज शुक्रबार बिहानै बिराटनगरबाट काठमाडौँ आएका छन्।

आफू पार्टी अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सबेरै काठमाडौं आएको उनले बताए।

‘अध्यक्ष कमरेडलाई भेटेर आजै दिउँसो विराटनगर फर्किनु छ,’ केहीबेरअघि गौतमले नेपालखबरसँग भने, ‘उता मैले मन्त्रालयमा बुझबुझारथ गर्न बाँकी छ। त्यसको लागि पनि आजै जानु छ।’

‘३७ दिनमा सभामुख र मन्त्री दुबै पद गुमाउनुपर्दा कस्तो लागेको छरु’ नेपालखबरको जिज्ञासामा गौतमले भने, ‘म १४ वर्षको उमेरदेखि राजनीतिमा लागेको मान्छेलाई यी सबै सामान्य कुरा हुन्। सभामुख र मन्त्री मलाई पार्टीले बनाएको हो। पार्टी नेतृत्वले भनेपछि सभामुखबाट त्यतिबेला राजीनामा दिएको थिएँ। सर्वोच्च अदालतको निर्णयअनुसार हिजो मन्त्री पद पनि गयो। राजनीतिमा यस्तो हुन्छ। यो कुनै ठूलो विषय होइन।’

गएको २७ पुसमा गौतम एमालेकोसमेत समर्थनमा सर्वसम्मत रुपमा कोशी प्रदेशको सभामुख नियुक्त भएका थिए। एमाले(माओवादी गठबन्धनबाट उनी त्यतिबेला कोशीको सभामुख बनेका थिए। त्यो पदमा उनी साढे ६ महिना रहे।

केन्द्रमा भएको सहमति अनुसार गठबन्धनको सरकार बनाउने योजनासहित एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएपछि गौतमको सभामुख पद धरापमा परेको थियो।

गौतम सभामुखको पदमा बसिरहँदा गठबन्धनको सरकार बनाउन आवश्यक सांसद संख्या नपुग्ने भयो। त्यसपछि केन्द्रमा शीर्ष नेताहरुबीच भएको सहमति अनुसार उनलाई सभामुखबाट राजीनामा दिन बाध्य पारिएको थियो। पार्टी नेतृत्वको निर्देशनमा उनले गएको साउन १६ गते सभामुखबाट राजीनामा दिएका थिए।

गौतमकोसमेत हस्ताक्षरमा हस्ताक्षरमा बहुमत दाबी गर्दै गत असार २१ गते कांग्रेसका उद्धव थापा कोशीको मुख्यमन्त्री बनेका थिए।

तर गौतमको हस्ताक्षरलाई अवैधानिक ठहर गर्दै सर्वोच्चले थापाको नियुक्ति त्यतिबेला पनि २२ दिनमै रद्द गरिदिएको थियो।

हिजो सर्वोच्चले थापालाई पदमुक्त नै गरेपछि कांग्रेस(माओवादीसहितका दलहरुको गठबन्धन अप्ठ्यारोमा परेको छ। जसको सबैभन्दा ठूलो मार यतिबेला कोशीका पूर्वसभामुख बाबुराम गौतम व्यहोरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सम्बन्धित

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १ को मृत्यू २ गम्भीर घाइते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com