ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मायादेवीको कसम खाँदै ल्हारक्याल लामाले भने – लुम्बिनीलाई नमूना बनाएर देखाउँछु


एबीसी न्यूज

काठमाडौं, २१ भदौ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा: ल्हारक्याल लामाले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै उनले स्थानीय, बुद्धिजीवी, पत्रकार र अन्य विभिन्न संघसंस्थालाई समेत साथ र सहयोग गर्न अपिल गरेका हुन् ।

लुम्बिनीमा पत्रकारहरूसँगको भेटघाटमा उनले भने, ‘मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, इतिहास बनाउन सक्छु भनेर आएको छु । मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिन होइन दिन आएको छु ।’

उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताए । मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उनको भनाइ छ ।

गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न पत्रकारहरूसँग उपाध्यक्ष डा। लामाले आग्रह गरे । ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उनले भने । उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरू उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

संविधानसभा सदस्य, पूर्व अर्थ राज्यमन्त्री समेत रहेका डा। लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्च गर्ने बताए । उनले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताए ।

विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनाहरूलाई अनुकूल वातावरण बनाउने बताए । उनले लुम्बिनीमा बौद्ध धर्म गुरुहरूको मोलुम ९पूजा० जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरूलाई आकर्षित गर्ने योजना रहेको सुनाए । ‘यो वर्ष मोलुम ९पूजा० का कार्यक्रमहरू तय भइसकेको छ’ उपाध्यक्ष लामाले भने ।

रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ती बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने उनले बताए । धार्मिक कार्यक्रमलाई लुम्बिनीमा बढाउने गरी योजना बनाइएकोसमेत उनले बताए । धार्मिक गतिविधिसँगै पर्यटकहरूको बसाइ लम्बिने उनको विश्वास छ ।

उपाध्यक्ष लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताए । बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com