ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धनले तय गर्‍यो ३ मुख्यमन्त्रीको नाम, एमालेका भागमा परेका ४ मध्य ३ प्रदेशमा चुनावी प्रक्रियामा जानुपर्ने


एबीसी न्यूज

काठमाडौँ,२५ माघ । वाम गठबन्धनको सरकार बन्ने ६ वटा प्रदेशमध्ये तीन वटामा मुख्यमन्त्रीको नाममा सर्वसम्मति गरेको छ  । बाँकी तीन वटामा भने चुनाव नै गर्नुपर्ने स्थिति आएको छ तर पनि छलफल र सहमति जुटाउन निकै कसरत गरेका छन् ।

माओवादी केन्द्रको भागमा परेका प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्टको नाम सिफारिस भएको छ  । प्रादेशिक कमिटीबाट सिफारिस नामलाई केन्द्रले अनुमोदन गर्नेछ । एमालेको भागमा परेका प्रदेश १, ३, ४ र ५ मध्ये एउटामा मात्र सर्वसम्मति भएको छ । प्रदेश ५ मा स्थायी समिति सदस्य शंकर पोखरेललाई एमालेले प्रदेशसभाको पहिलो बैठक बसेकै दिन संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रदेश १, ३ र ४ मा भने दलको नेता छान्न चुनाव नै गर्नुपर्ने अवस्था आएको छ । त्यसैले सम्बन्धित प्रदेशको संसदीय दलको बैठक आउँदो २६ गते बस्ने भएको छ । त्यो बैठकबाट मुख्यमन्त्रीसमेत हुने गरी संसदीय दलको नेता चयन गर्ने तयारी एमालेको छ । एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार सर्वसम्मतिको प्रयास सफल नभए चुनाव नै गरिनेछ । केन्द्रबाट नेताहरूले सकेसम्म सर्वसम्मत चयन गर्नका लागि सुझाव दिएको उनले बताए ।

प्रदेश संसदीय दलको बैठक बस्नुअघि केन्द्रमा नेताहरूले एकपटक अन्तिम प्रयास गर्नेछन् । प्रदेश १ मा एमालेका केन्द्रीय सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य शेरधन राईबीच कुरा मिल्न सकेको छैन । आचार्य प्रदेश संयोजक र राई प्रदेश सहसंयोजक हुन् । अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले पनि यस प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेका छन् । एमालेमा आकांक्षीलाई मिलाउन नसक्ने अवस्था आएकाले चुनावबाटै छिनोफानो गर्नुपर्ने स्थिति आएको हो ।

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे मुख्य दाबेदार छन् । एकले अर्कालाई छोड्ने स्थिति नरहेकाले त्यहाँ पनि चुनाव हुने अवस्था आएको छ । शाक्य वाम गठबन्धनभित्रकै मुख्यमन्त्रीका लागि एक्ली महिला प्रतिस्पर्धी हुन् । पार्टीमा वरिष्ठ र प्रदेश संयोजकसमेत भएकाले उनले आफ्नो दाबी छाडेकी छैनन् ।

त्यस्तै प्रदेश ४ मा केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ आकांक्षी छन् । उनीहरू पनि एकअर्कालाई छोड्ने मनस्थितिमा नरहेकाले त्यहाँ पनि चुनाव हुने स्थिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com