ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमलाका दुई वटा श्रीमानका तीन पासपोर्ट


abc

काठमाडौं, २१ भदौ । मोतीराम तिमल्सिना, काभ्रे थवाङ गाउँपालिका –२, रोल्पा घर भएकी अमला रोक्काका दुई श्रीमान् रहेको खुलेको छ । अमला रोक्काको मतदाता नम्बर २०६११०१९३ नम्बर उल्लेख छ ।

०३६ साल जेठ २० गते जन्म मिति रहेको रोक्काको नागरिकता नम्बर ४४१०४ उल्लेख छ । उनले रोल्पा जिल्लाबाटै नागरिकता लिएकी हुन् । बाबु मूलमान र आमा उजला राखेकी अमलाले पतिको नाम सुजनप्रकाश रोक्का राखेकी छन् । मतदानस्थलमा साविक थवाङ गाविस भवन लेखिएको छ ।

२०७९ वैशाख २८ गते अध्यागमन विभाग, कालिकास्थान, काठमाडौँमा आगमन÷प्रस्थान सहजीकरण गरिदिने सम्बन्धमा दिएको निवेदनमा दावाले भनेका छन्, ‘नेपालको पर्यटक भिसामा बसिरहेको बेल्जियमको नागरिक म दावा छिरिङ राहदानी नम्बर इपी ४४४१०५ लाई नेपालबाट अन्यत्र मुलुकमा जान र अन्यत्र मुलुकबाट नेपाल प्रवेश गर्नका लागि सहजीकरण गरिदिन हुन अनुरोध छ । दावा छिरिङको तर्फबाट निजकी श्रीमती श्री अमला रोक्का नागरिकता प्रमाणपत्र नम्बर ४४१०४÷रोल्पा ।’ दावाले निवेदनमा दायाँ बाँया ल्याप्चेसहित हस्ताक्षर गरेका छन् ।

अमला रोक्काको पहिलो श्रीमान् सुजन प्रकाश रोक्का हुन् भने दोस्रो श्रीमान् दावा छिरिङ । गृह मन्त्रालयले निमा तामाङको नागरिकता छानबिन गर्न गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा अमला रोक्काका दुई श्रीमान् भएको उल्लेख छ । दावाले नेपाली नागरिकता निमा तामाङको नामबाट २०७४ पुस २० गते नमोबुद्ध ११ काभ्रेपलाञ्चोकको ठेगाना राखी लिएका छन् भने राहदानी पनि काभ्रेबाटै पाएका हुन् । उनले बाबुको नाम पेमा तामाङ राखेका छन् । एकै दिन नागरिकता लिएका पासाङ तामाङ समेत विदेशी भएको खुले पनि उनि कहाँ र कस्तो अवस्थामा छन् खुलेको छैन । छानबिन समितिले उनलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागि सुझाव पेश गरेको छ ।

२०८० भदौ ११ गते छानबिन समितिले गृहसचिवलाई १ सय ६८ पृष्ठको प्रतिवेदनको बुझाएको छ । उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा बनेको समितिले १० वटा विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको समाचारहरूको खोजी र अध्ययन गरेको छ भने तत्कालीन समयमा नागरिकता वितरणमा संलग्न तत्कालीन अधिकृत झपेन्द्रराज खरेल, सुब्बा रामचन्द्र अर्याल, वडा अध्यक्ष भनिएकी सरस्वती पण्डित कार्की, वडा अध्यक्ष कृष्णबहादुर लामा र तत्कालीन प्रमुख जिल्ला अधिकारी शिव सिंखडा समेतसँग बयान लिएको छ ।

राहदानी विभागबाट लिएको राहदानीमा प्रयोग भएको औंठा छाप र नागरिकता अभिलेखमा उल्लेख भएको औँठाछाप फरक परेको छ । समितिले ०७४ पुस २० गते ३०–०१–७४–११८६८ नम्बरको निमा तामाङको नागरिकता फोटोसहितको ढड्डा र सिएमआईएस अभिलेख रहेको तर अनुसूची १ फारम अभिलेख नभेटिएको तथा मौकामा गरिएको सर्जमिन मुचुल्का तथा छानबिन तहकिकातमा प्राप्त प्रमाणका आधारमा नागरिकता प्रमाणपत्र किर्ते जालसाजी गरी लिएकोले उक्त कार्यमा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न सुझाव दिएको छ ।

निमा तामाङका नाममा जारी भएको नेपाली राहदानीहरू राहदानी नम्बर १०७४२५५० र १०८०५८०८ जारी गर्दा राहदानी विभागमा सुरक्षित रहेको औठाछाप बेल्जियम नागरिक दावा छिरिङको राहदानी नम्बर न्ब् ४५९७३६४ को औंठाछापसँग मेल खाएको विधिविज्ञान प्रयोगशाला सामाखुशीबाट प्राप्त भएकाले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सुझाव दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा तत्कालीन अवस्थामा र हाल कार्यरत सम्बन्धित शाखाका कर्मचारीसँग नभेटिएको अनुसूची फारमको विषयमा अनुसन्धान गरिँदा फेला नपरेकाले कारबाहीका लागि काभ्रेपलाञ्चोकलाई लेखीपठाउन निर्देशन दिएको छ । उक्त प्रतिवेदन तोकादेश गरी कार्यान्वयन गर्ने नीति, योजना महाशाखा प्रमुख सह सचिव रुद्रादेवी शर्मा आफै सोमबारबाट काभ्रेको प्रमुख जिल्ला अधिकारी भएकी छन् ।

आफ्नै तोकादेशको कार्यान्वयन आफैँ गर्ने स्थानमा आएकी शर्माको परीक्षा यही नागरिकताबाट शुरु हुने स्थानीयले बताएका छन् । दावा तामाङ र निमा तामाङ एकै व्यक्ति हुन् भन्ने कुरामा द्विविधा नरहेकाले निजलाई नेपालको प्रचलित कानुनबमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारबाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अगाडि बढाउन उपयुक्त हुने सुझाव दिएको छ ।

उनी अहिले सिआइबीको हिरासतमा छन् । नागरिकता रद्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहने कानुनी व्यवस्था छ भने राहदानीको हकमा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागलाई हुनेछ ।

तस्करीमा राजनीतिक सेटिङ

सुन तस्करीमा संलग्न दावा भियना होटलका सञ्चालक हुन् । श्रीमती अमला रोक्काको नाममा होटल छ । सोही होटलमा सुनको विषयमा छलफल हुने गरेको अनुसन्धाबाट खुलेको छ । ठमेलमा रहेको भियना होटलमा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेपछि दावा समातिएका हुन् । चिनियाँमूलका बेल्जियमका नागरिक हुन् दावा । उनी लामो समयदेखि नेपाल बस्दै आएका थिए । तस्करीसँग दावाको पुरानो कनेक्सन भए पनि राजनीतिक व्यक्तिको छत्रछायाँमा सुरक्षित थिए । विभागले त्यसअघि पक्राउ गरेका व्यक्तिको बयान र थप लिंकलाई पछ्याउँदै जाँदा अनुसन्धान टोली दावासम्म पुगेको थियो ।

नेपालमा अपराधसँग दावाको कनेक्सन देखिएको पहिलो हैन । विभिन्न घटनामा उनी जोडिएका छन् । ठगीदेखि सुन तस्करीसम्म उनको कनेक्सन देखिएको छ । तर, उनी पटक–पटक प्रहरीको अपरेसनमा भने जोगिँदै आएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसनमा २०७६ पुस मोतीराम तिमल्सिना, काभ्रे

थवाङ गाउँपालिका –२, रोल्पा घर भएकी अमला रोक्काका दुई श्रीमान् रहेको खुलेको छ । अमला रोक्काको मतदाता नम्बर २०६११०१९३ नम्बर उल्लेख छ ।

०३६ साल जेठ २० गते जन्म मिति रहेको रोक्काको नागरिकता नम्बर ४४१०४ उल्लेख छ । उनले रोल्पा जिल्लाबाटै नागरिकता लिएकी हुन् । बाबु मूलमान र आमा उजला राखेकी अमलाले पतिको नाम सुजनप्रकाश रोक्का राखेकी छन् । मतदानस्थलमा साविक थवाङ गाविस भवन लेखिएको छ ।

२०७९ वैशाख २८ गते अध्यागमन विभाग, कालिकास्थान, काठमाडौँमा आगमन÷प्रस्थान सहजीकरण गरिदिने सम्बन्धमा दिएको निवेदनमा दावाले भनेका छन्, ‘नेपालको पर्यटक भिसामा बसिरहेको बेल्जियमको नागरिक म दावा छिरिङ राहदानी नम्बर इपी ४४४१०५ लाई नेपालबाट अन्यत्र मुलुकमा जान र अन्यत्र मुलुकबाट नेपाल प्रवेश गर्नका लागि सहजीकरण गरिदिन हुन अनुरोध छ । दावा छिरिङको तर्फबाट निजकी श्रीमती श्री अमला रोक्का नागरिकता प्रमाणपत्र नम्बर ४४१०४÷रोल्पा ।’ दावाले निवेदनमा दायाँ बाँया ल्याप्चेसहित हस्ताक्षर गरेका छन् ।

अमला रोक्काको पहिलो श्रीमान् सुजन प्रकाश रोक्का हुन् भने दोस्रो श्रीमान् दावा छिरिङ । गृह मन्त्रालयले निमा तामाङको नागरिकता छानबिन गर्न गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा अमला रोक्काका दुई श्रीमान् भएको उल्लेख छ । दावाले नेपाली नागरिकता निमा तामाङको नामबाट २०७४ पुस २० गते नमोबुद्ध ११ काभ्रेपलाञ्चोकको ठेगाना राखी लिएका छन् भने राहदानी पनि काभ्रेबाटै पाएका हुन् । उनले बाबुको नाम पेमा तामाङ राखेका छन् । एकै दिन नागरिकता लिएका पासाङ तामाङ समेत विदेशी भएको खुले पनि उनि कहाँ र कस्तो अवस्थामा छन् खुलेको छैन । छानबिन समितिले उनलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागि सुझाव पेश गरेको छ ।

२०८० भदौ ११ गते छानबिन समितिले गृहसचिवलाई १ सय ६८ पृष्ठको प्रतिवेदनको बुझाएको छ । उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा बनेको समितिले १० वटा विषयमा अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको समाचारहरूको खोजी र अध्ययन गरेको छ भने तत्कालीन समयमा नागरिकता वितरणमा संलग्न तत्कालीन अधिकृत झपेन्द्रराज खरेल, सुब्बा रामचन्द्र अर्याल, वडा अध्यक्ष भनिएकी सरस्वती पण्डित कार्की, वडा अध्यक्ष कृष्णबहादुर लामा र तत्कालीन प्रमुख जिल्ला अधिकारी शिव सिंखडा समेतसँग बयान लिएको छ ।

राहदानी विभागबाट लिएको राहदानीमा प्रयोग भएको औंठा छाप र नागरिकता अभिलेखमा उल्लेख भएको औँठाछाप फरक परेको छ । समितिले ०७४ पुस २० गते ३०–०१–७४–११८६८ नम्बरको निमा तामाङको नागरिकता फोटोसहितको ढड्डा र सिएमआईएस अभिलेख रहेको तर अनुसूची १ फारम अभिलेख नभेटिएको तथा मौकामा गरिएको सर्जमिन मुचुल्का तथा छानबिन तहकिकातमा प्राप्त प्रमाणका आधारमा नागरिकता प्रमाणपत्र किर्ते जालसाजी गरी लिएकोले उक्त कार्यमा संलग्नलाई आवश्यक कानुनी कारबाही गर्न सुझाव दिएको छ ।

निमा तामाङका नाममा जारी भएको नेपाली राहदानीहरू राहदानी नम्बर १०७४२५५० र १०८०५८०८ जारी गर्दा राहदानी विभागमा सुरक्षित रहेको औठाछाप बेल्जियम नागरिक दावा छिरिङको राहदानी नम्बर न्ब् ४५९७३६४ को औंठाछापसँग मेल खाएको विधिविज्ञान प्रयोगशाला सामाखुशीबाट प्राप्त भएकाले प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सुझाव दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा तत्कालीन अवस्थामा र हाल कार्यरत सम्बन्धित शाखाका कर्मचारीसँग नभेटिएको अनुसूची फारमको विषयमा अनुसन्धान गरिँदा फेला नपरेकाले कारबाहीका लागि काभ्रेपलाञ्चोकलाई लेखीपठाउन निर्देशन दिएको छ । उक्त प्रतिवेदन तोकादेश गरी कार्यान्वयन गर्ने नीति, योजना महाशाखा प्रमुख सह सचिव रुद्रादेवी शर्मा आफै सोमबारबाट काभ्रेको प्रमुख जिल्ला अधिकारी भएकी छन् ।

आफ्नै तोकादेशको कार्यान्वयन आफैँ गर्ने स्थानमा आएकी शर्माको परीक्षा यही नागरिकताबाट शुरु हुने स्थानीयले बताएका छन् । दावा तामाङ र निमा तामाङ एकै व्यक्ति हुन् भन्ने कुरामा द्विविधा नरहेकाले निजलाई नेपालको प्रचलित कानुनबमोजिम नेपालको नागरिकता र नेपालको राहदानीबाट हटाउने तर्फ आवश्यक कारबाही र नेपालमा निजले गरेका अन्य कसुरका सम्वन्धमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अगाडि बढाउन उपयुक्त हुने सुझाव दिएको छ । उनी अहिले सिआइबीको हिरासतमा छन् । नागरिकता रद्द गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहने कानुनी व्यवस्था छ भने राहदानीको हकमा परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागलाई हुनेछ ।

तस्करीमा राजनीतिक सेटिङ

सुन तस्करीमा संलग्न दावा भियना होटलका सञ्चालक हुन् । श्रीमती अमला रोक्काको नाममा होटल छ । सोही होटलमा सुनको विषयमा छलफल हुने गरेको अनुसन्धाबाट खुलेको छ । ठमेलमा रहेको भियना होटलमा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेपछि दावा समातिएका हुन् । चिनियाँमूलका बेल्जियमका नागरिक हुन् दावा । उनी लामो समयदेखि नेपाल बस्दै आएका थिए । तस्करीसँग दावाको पुरानो कनेक्सन भए पनि राजनीतिक व्यक्तिको छत्रछायाँमा सुरक्षित थिए । विभागले त्यसअघि पक्राउ गरेका व्यक्तिको बयान र थप लिंकलाई पछ्याउँदै जाँदा अनुसन्धान टोली दावासम्म पुगेको थियो ।

नेपालमा अपराधसँग दावाको कनेक्सन देखिएको पहिलो हैन । विभिन्न घटनामा उनी जोडिएका छन् । ठगीदेखि सुन तस्करीसम्म उनको कनेक्सन देखिएको छ । तर, उनी पटक–पटक प्रहरीको अपरेसनमा भने जोगिँदै आएका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसनमा २०७६ पुस ७ गते १२२ जनालाई नियन्त्रणमा लिइएको थियो । त्यसमा पनि दावा थिए । जनआस्था साप्ताहिक बाट

No description available.

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

सम्बन्धित

दशैंको लागि बसको अग्रिम टिकट बुकिङ अब मोबाइलबाटै

एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक

पूर्वप्रधानमन्त्री र मुख्य सचिवलाई साक्षी मात्र बनाएकोमा सर्वोच्चले सोध्यो कारण

सर्वोच्चले सोध्यो– ललिता निवास प्रकरणमा माधव र बाबुराममाथि मुद्दा किन चलेन ?

चीन भ्रमणमा रहनुभएका प्रम: दाहालले आज Chongqing Academy of Agricultural Sciences को अवलोकन गर्नुका साथै आधुनिक कृषि प्रणालीबारे जानकारी लिनुभएको छ।

महालेखापरीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ : योगेश भट्टराई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com