ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरूको प्रश्न : कान्ति बाल अस्पतालमा बालिका मृत्युको जिम्मा सरकारले लिने कि नलिने ?


एबीसी न्यूज

काठमाडौं, २१ भदौ । कान्ति बाल अस्पतालमा सोमबार भएको बालिका मृत्यु घटनाबारे सांसदहरुले संसद्मा प्रश्न उठाएका छन् । मुलुककै केन्द्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने सांसदहरुको माग छ ।

रास्वपा सांसद डा। चन्दा कार्कीले अस्पतालमा जनशक्तिको अभावले बालिकाको मृत्यु हुनु सरकारको निर्लज्जपन भएको बताएकी छन् । अस्पतालमा बिरामीको चापअनुसार मानव संशाधनको हिसाब गरी सोहीअनुसार सञ्चालन नगर्दा यस्तो घटना भएको उनको आरोप छ ।

“सरकारलाई लाज, सरम, डर चिन्ता छ कि छैन रु हाम्रो निर्लज्ज्ता कहिलेसम्म रु कहिलेदेखि स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा पाउने रु र, सरकारको निकम्मापनको दोष कहिलेसम्म स्वास्थ्यकर्मीहरुले मात्रै आफ्नो टाउकोमा बोक्नुपर्ने हो रु,” सांसद कार्कीले प्रश्न गरिन् ।

त्यस्तै, नेकपा एमालेका सचेतक सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको चरम लापरबाही र गैरजिम्मेवारीपनका कारण घटना भएको बताए । “यो घटनासँगै अस्पतालभित्रको बेथितिको अस्पतालको निर्देशक र विकास समितिले जिम्मा लिनुपर्छ कि पर्दैन रु,” उनले प्रश्न गरे ।

“स्वास्थ्यमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपथ्र्यो । दोषीउपर कारबाही गरियोस्, राज्यको तर्फबाट पीडितले न्याय पाउनुपर्छ, क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्छ । र, आगामी दिनमा यस्ता घटना हुन नदिने सुनिश्चितता हुनपर्छ,” उनले भने ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद गगन थापाले उपचार सुविधा हुँदाहुँदै पनि बालिकाले अकालमा ज्यान गुमाउनु अत्यन्तै दुःखद् भएको बताए । “घटनालाई सामसुम नपारियोस् । यसका बारेमा सत्यतथ्य के भएको हो, छानबिन भएर सदनलाई जानकारी गराइयोस्,” उनले भने ।

उच्च ज्वरोपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पु¥याइएकी मकवानपुर थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको सोमबार साँझ उपचारको पालो कुर्दा कुर्दै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com