काठमाडौ २१ भदौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।थुनामा परेका आरोपितहरुको कानून व्यवसायीहरुको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो ।उक्त निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।छरौटीमा छुटेका दुई जनालाई थुनामा राख्नुपर्ने भनी सरकारी वकिलको कार्यालयले पनि निवेदन दिएको छ ।सबै निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो ।
प्रतिक्रिया दिनुहोस्