काठमाडौं, १९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला उपर चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेषबाट भएको फैसलाविरुद्ध मंगलबार सर्वोच्च पुगेको हो।
जसमा सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोप लागेका गोपालचन्द्र लामालाई तीन वर्ष ६ महिना कैद र बिगो २२ लाख ९९ हजार ३२९ रुपैयाँ जरिवाना माग गरिएकोमा कम सजाय गरेको उल्लेख छ।
यस्तै, नक्कली स्थायी अध्यापन अनुमति पत्र बनाई भ्रष्टाचार गरेको आरोपमा रविन्द्र नाथ चौधरीसमेत २ जना विरुद्ध दायर मुद्दाको फैसलामा समेत अख्तियारले चित्त बुझाएको छैन।
प्रतिक्रिया दिनुहोस्