ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्सरे मेसिनमा जाँच नै नगरी हङकङ पठाइएको थियो गाँजा र चरेस


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हङकङ पठाइएको लागुऔषध गाँजा र चरेस त्यहाँको एक्सरे मेसिनमा जाँच नै नगरी ‘पास’ गराइएको खुलेको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत गएको साउत २६ गते गाँजा र चरेस हङकङ पठाइएको थियो । विराट ग्लोबल प्राइभेट लिमिटेडमार्फत कार्गोबाट नेपालमा उत्पादित गाँजाचरेस हङकङ पुर्‍याइएको खुलेको हो ।

त्रिभुवन विमानस्थलबाट ‘पास’ भएको गाँजा र चरेस हङकङमा बरामद, छानबिनमा जुट्यो प्रहरी
उक्त गाँजा र चरेस हङकङ प्रहरीले बरामद गरेको थियो । नेपालबाहिर पठाइने कार्गोको सामग्री चेकिङमा विमानस्थलमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली खटिने गरेको छ ।

ब्युरोकै एक टोलीले सो प्रकरणबारे छानबिन गरिरहेको छ । एक्सरे जाँच नै नगरी गाँजाचरेस पास गराइएको छानबिन टोलीले पत्ता लगाएको छ । ब्युरोका प्रहरी नायब उपरीक्षक डीएसपी अनन्तराम शर्माको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।

सोही समितिको प्रारम्भिक अनुसन्धानमा डिउटीमा खटिएका प्रहरी कर्मचारीकै लापरबाही वा ‘सेटिङ’मै गाँजाचरेस बाहिरिएको खुलेको हो । सीसीटीभी फुटेजमा जाँचपासबिनै कार्गोबाट सामग्री पठाइएको देखिएको छ । त्यो बेला डिउटीमा खटिएका ब्युरोका प्रहरीलाई विमानस्थलबाट फिर्ता गरेर कारबाहीको तयारी गरिएको छ ।

ब्युरो स्रोतका अनुसार त्यो बेला ‘चेकिङ’मा वरिष्ठ सई निरञ्जन पनेरुको नेतृत्वमा प्रहरी सहायक निरीक्षक कैलाश राउत र विष्णुबहादुर थापा खटिएका थिए । प्रहरी हवल्दार निरकुमारी राई र प्रदीप बस्नेत पनि सोही डिउटीमा थिए । उनीहरू सबैलाई ब्युरो कार्यालयमा फिर्ता बोलाएर छानबिन थालिएको छ ।

ब्युरोका प्रमुख एवं एसएसपी गोविन्द थपलियाले केही कमजोरीका कारण गाँजाचरेस बाहिरिएको देखिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

हङकङ प्रहरीले गाँजा र चरेस बरामदबारे नेपाल प्रहरीलाई साउन ३१ गते पत्राचार गरेर जानकारी गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com