काठमाडौं, १९ भदौ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य अभेष झाको ४२ वर्षको उमेरमा निधन भएको छ।
केही समयअघि बिरामी परी उपचारपश्चात घरमै स्वास्थ्यलाभ गरिरहेका पत्रकार झाको भाद्र १९ गते मंगलबार बिहान ८ः३० बजे काठमाठौंको मरुहिटीस्थित निवासमा निधन भएको महासंघले जनाएको छ।
विगत एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका झाले कान्तिपुर हटलाइन डटकममा काम गरेका थिए। मृतक झाका श्रीमती र एक छोरी छन्।
उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार र महासंघले सक्रिय सदस्य गुमाएको भन्दै महासंघले झाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्