ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्स्टाग्राममा आएको क्यानडा रोजगारीको विज्ञापनमा विश्वास गर्दा गुम्यो साढे ३४ लाख


एबीसी न्यूज

काठमाडौ भदौ १९ । सामाजिक सञ्जाल इन्स्टाग्राममा आएको वैदेशिक रोजगारीमा विश्वास गर्दा एक व्यक्तिले साढे ३४ लाख रुपैयाँ गुमाएका छन् ।इन्स्टाग्राममा क्यानडमा राम्रो सुविधासहित वर्कपरमिट भिसा पाइने नक्कली विज्ञापनको विश्वासमा पर्दा ३४ लाख ५७ हजार ७१० रुपैयाँ गुमेपछि मात्रै एक व्यक्तिले आफू ठगीमा परेको पत्तो पाएको काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सामाजिक सञ्जाल इन्स्टाग्राममा क्याडनमा वर्कपरमिटसहितको रोजगारी पाइने विज्ञापन देखेपछि पीडित व्यक्तिले इनस्टाग्राम प्रयोगकर्तासँग कुराकानी गर्न सुरु गरेका थिए ।कुराकानीकै क्रममा क्यानडामा क्यासियरको काम लगाइदिन्छु भन्दै महिनामा ५ हजार ७ सय क्यानेडियन डलर अर्थात् पाँच लाख ४५ हजार तलब हुने प्रलोभन देखाए । त्यसका लागि प्रक्रिया अघि बढाउन आइएलटिएसको सर्टिफिकेट, बायोडाटा, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिन भनेपछि ह्वाट्सएपमा कुराकानी सुरु भएको थियो ।

पीडित व्यक्तिले उनकै कुरामा विश्वास गरी पटक पटक ह्वाट्सएपमा कुराकानी गर्दै पैसा दिन थालेका थिए ।क्यानडाको प्रक्रियाको लागि हेल्थ इन्सोरेन्स, सेक्युरिटी डिपोजिट, एलोकेटेड फण्ड, भिसा भेरिफिकेसन डीएचएलमार्फत कागजात पठाउन रकम तिर्नुपर्छ भन्दै नेपालमा रहेका विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएका थिए ।

तर पैसा बुझाइसकेपछि सबै कुरा नक्कली रहेको पत्तो लागेको थियो ।यसरी अनलाइनमार्फत वैदेशिक रोजगारीको प्रलोभन देखाइ रकम ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ का लक्ष्मण नेपाली र सप्तरीको राजविराजका महावीर प्रसाद साहलाई पक्राउ गरी ठगीको कसुरमा थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com