ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कामै नलागेको’ चिनियाँ जहाजको ऋण अनुदानमा परिणत गरिदिन प्रस्ताव गरिँदै


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । खरिदपछि थन्किएका छ वटा चिनियाँ जहाजको ऋण अनुदानमा परिणत गर्न चीन सरकारसँग प्रस्ताव गर्ने प्रारम्भिक छलफल सुरु भएको छ । चिनियाँ जहाज उडान हुन नसक्दा नेपाल वायु सेवा निगमले नोक्सानि बेहोरिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण हुँदाका अनुदानमा परिणत गर्ने प्रस्ताव राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेको छ । दाहाल असोजमा चीन भ्रमणमा जाँदैछन् ।

पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले  भने, ‘‘हामीले चिनियाँ जहाज कामै नलागेको र त्यसले घाटाको मात्रा बढाउँदै लगेको हुँदा ऋण रकमलाई अनुदान परिणत गर्ने प्रस्ताव राख्नुपर्छ भनेका छौं ।’’

नेपालले चीनबाट एमए–६० दुई वटा र ‘वाई–१२ ई’ चारवटा जहाज भित्र्याएको थियो । जसमा सम्झौतामा एउटा एमए–६० र एउटा वाई–१२ जहाज अनुदानमा पाएको थियो । एउटा एमए–६० र ३ वटा वाई–१२ जहाज चीनसँग नै ऋण खरिद गरेको थियो ।

चिनियाँ जहाज खरिद सम्झौता २०७० मंसिरमा भएको थियो । यतिखेर ती सबै चिनियाँ जहाज ग्राउन्डेड छन् । त्यसमध्ये एउटा जहाज नेपालगन्ज एयरपोर्टमा ल्यान्डिङ चिप्लिएर दुर्घटनामा परेको थियो । ती चिनियाँ जहाजहरु खरिद गर्न नेपालले चीन सरकारसँग ३ अर्ब २ करोड रुपैयाँ ऋण लिएको थियो ।

उक्त ऋणमा १।७५ प्रतिशत ब्याज हुने सहमति भएको थियो । यतिखेर उक्त ऋणको ब्याज १४ करोड ९७ लाख रुपैयाँ पुगेको छ । उक्त जहाज भित्रिएपछि हाल घाटा रकम कति पुग्यो भन्ने अध्ययन भएको छैन । उक्त जहाज खरिद गर्दा लिएको ऋणको साँवा र ब्याजबापत् नेपालले एक किस्ता पनि बुझाएको छैन ।

‘‘ती चिनियाँ जहाज नै नचलेपछि ऋण तिर्न सक्ने अवस्था नै रहेन,’’ ती उच्च अधिकारी भन्छन्, “अब उक्त ऋण अनुदानमा परिणत गर्नुको विकल्प छैन । त्यही कारण प्रधानमन्त्रीको भ्रमणका बेला अनुदानमा परिणत गर्ने प्रस्ताव राख्नुपर्छ भनेका हौँ ।’’

उक्त जहाज खरिद गर्नुपूर्व नै विवादित बनेको थियो । तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले चिनियाँ जहाज नेपालमा चल्न नसक्ने हुँदा किन खरिद गर्ने भनी प्रश्न उठाएका थिए । उनले यतिसम्म भनेका थिए कि ‘यी जहाज खरिद गर्नु भनेको ‘सिनो किनेर खाल्डो खन्नु र पुर्नु जस्तै हो ।’

सिनो किन्न खर्च, खाडल खन्न पनि खर्च र पुर्न खर्च गर्नुपर्ने सवालमा किन लागेको भनी मुख्यसचिव सुवेदीले तत्कालीन पर्यटन सचिव प्रेमकुमार राईसँग प्रश्न गरेका थिए । तर मन्त्री र सचिवले जहाज खरिद गर्ने निर्णय गराएर छाडेका थिए ।

चिनियाँ जहाजबारे अध्ययन गर्न सरकारले २०७६ असोज १ गते पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ‘नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदल’ बनाएको थियो । उक्त समितिले जहाज सञ्चालन गर्न प्राविधिक, व्यवसायिक र आर्थिक हिसावले ‘अनुपयुक्त’ रहेको प्रतिवेदन बुझाएको थियो ।

बीमा खर्च तथा इन्धन खपत अत्यधिक रहेको, सीमित यात्रु बहन क्षमता र जगेडा पार्ट–पुर्जामा समस्या रहेको भन्दै सञ्चालन गर्न नसक्ने सुझाव दिएको थियो । आव २०७१–७२ देखि २०७५–७६ सम्म जहाज सञ्चालन घाटा ७७ करोड ७४ लाख १० हजार १४३ रुपैयाँ र कुल घाटा एक अर्ब ९० करोड ६९ लाख ३३ हजार ११४ रुपैयाँ भएको निगमले जनाएको छ ।

२०७७ साल जेठ १६ गते निगम सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुशील घिमिरेका अध्यक्षतामा बसेको बैठकले जहाज सञ्चालन गरिरहँदा निगमलाई आर्थिक बोझको दायित्व थपिँदै जाने र प्राविधिक समस्या समेत झेलिरहनुपर्ने भन्दै जहाज ग्राउन्डेड गर्ने निर्णय गरेको थियो ।

त्यसलगतै २०७७ साउन १५ देखि जहाज ग्राउन्डेड गरिएको थियो । तत्पश्चात् उक्त जहाजहरू व्यवस्थापन गर्न विकल्पसहित तत्कालीन महाप्रबन्धक डिमपकाश पौडेलले अर्थ मन्त्रालयलाई पत्राचार गरेका थिए । अर्थ मन्त्रालयको २०७७ चैत ४ गते उक्त जहाज लिजमा दिन वा बिक्री प्रक्रिया अघि बढाउन १२ गते पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अघिकारीले नेतृत्व सम्हालेपछि २०७८ कात्तिक २२ गते जहाजलाई मर्मत गरेर सञ्चालन गकिन्छ कि सकिँदैन भनी अध्ययन गर्न उप–समिति गठन गरिएको थियो । उक्त उपसमितिले पनि पाइलट र पाटपुर्जा अभावले सञ्चालन गर्न नसक्ने बताएको थियो ।

पर्यटन मन्त्रालय र निगम सञ्चालक समितिको २०७९ भदौ २३ गते बसेको बैठकले जहाज लिजमा दिने निर्णय गरेको थियो । जहाज लिजमा दिन निगमले भदौ २९ गते ४५ दिन सार्वजनिक सूचना निकाल्यो । तर उक्त समयमा कुनै पनि कम्पनीले चासो देखाएनन् ।

पछि निगमले कात्तिक १६ गते पुनः १५ दिनको सार्वजनिक सूचना जारी गर्‍यो । तर उक्त समयमा पनि कुनै पनि कम्पनीबाट आवेदन परेन । आवेदन नपरेपछि निगमको उक्त जहाज बिक्री प्रक्रिया अघि बढेको थियो ।

यतिखेर उक्त जहाजको मूल्याङ्कन हुँदैछ । अझै पनि ती जहाज बिक्री हुन्छन् या हुँदैनन् भन्ने अन्योल छ ।

कहिले ल्याइएको थियो ?

नेपाल सरकार र चिनियाँ सरकारको दुई पक्षीय सहमतिमा उक्त जहाज सहुलियत ऋण र अनुदानमा खरिद गरिएको थियो । चिनियाँ जहाज खरिद प्रक्रिया २०६८ सालबाट सुरु भएको थियो । उक्त सम्झौताअनुसार २०७१ वैशाखमा पहिलो अनुदानको एउटा एमए–६० जहाज भित्रियो ।

त्यही वर्ष २०७१ को कात्तिकमा अर्को अनुदान वापतको एउटा वाई–१२ जहाज नेपाल भित्र्याइयो । त्यसपछि बाँकी जहाज भने २०७३ मा एउटा एमए–६० र एउटा वाई–१२ ल्याइएको थियो । निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई–१२ जहाज नेपाल ल्याएको थियो ।

जहाज उडानबाट तथा खरिदबाट नेपाललाई १० अर्ब रुपैयाँ भन्दा बढी घाटा भएपछि व्यवस्थापनको विषय सुरू भएको थियो ।

खुद सम्पत्ति आठ अर्ब ऋणात्मक

नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को खुद सम्पत्ति सात अर्ब ऋणात्मक छ । अर्थ मन्त्रालयले गत जेठ १४ मा सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति’ अनुसार निगमको खुद सम्पत्ति सात अर्ब ८४ करोड १५ लाख ५२ हजार ७६४ रुपैयाँ ऋणात्मक देखाएको थियो ।

मन्त्रालयको तथ्यांकअनुसार निगमको दीर्घकालीन ऋण ३६ अर्ब तीन करोड ९२ लाख ३६ हजार ३२४ रुपैयाँ पुगेको छ । अल्पकालीन ऋण ४८ करोड ५८ हजार ६३ हजार ८२ रुपैयाँ रहेको छ । निगमको कुल सञ्चालन आय १६ अर्ब ४२ करोड १६ लाख ७९ हजार २१६ रुपैयाँ छ ।

कुल सञ्चालन लागत १८ अर्ब ३६ करोड सात लाख २४ हजार २६५ रुपैयाँ छ । निगमको गत आर्थिक वर्ष २०७८–७९ को खुद नोक्सान एक अर्ब ७० करोड ३० लाख ६८ हजार रुपैयाँ रहेको छ । २०७८–०७९ सम्मको सञ्चित नोक्सान १५ अर्ब ४७ करोड ९० लाख रुपैयाँ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

निगमको नेपाल सरकारलाई बुझाउनुपर्ने ऋण तीन अर्ब ६० करोड ९८ हजार रुपैयाँ र ब्याज रकम नौ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस्तै, निगम बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने ऋणको साँवा रकम ३३ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ र ब्याज रकम तीन अर्ब २५ करोड ३१ लाख रुपैयाँ छ ।

नेपाल सरकारलाई तिर्न बाँकी राजस्व रकम एक करोड ६१ लाख ५७ हजार २५२ रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com