ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले लुम्बिनी : नेतृत्व छान्न मतदान, पोखरेल र पौडेल समूहबीच टक्कर


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । रुपन्देहीको बुटवलमा तीन दिनदेखि जारी नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अहिले मतदान चलिरहेको छ।

अध्यक्षसहितका पदाधिकारी पदमा सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्न लागिएको हो।

मंगलबार  बिहान साढे ९ बजेदेखि मतदान भइरहेको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले बताए।

एमाले लुम्बिनीको अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच प्रतिस्पर्धा छ।

प्रथम अधिवेशनमै एमाले लुम्बिनीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समूहको गुटबन्दी तलैसम्म देखिएको छ।

दुई नेताले अधिवेशन उद्घाटका क्रममा कुनै गुटबन्दी नगरेको दाबी गरे पनि लुम्बिनीमा जिल्लासम्मै दुईवटा समूह बन्न पुगेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सभा र बन्द सत्रमा समेत सर्वसम्मत नेतृत्व छान्न दबाब दिए पनि दुई पक्ष तयार भएनन्।

एमालेको भावी अध्यक्षका रुपमा चित्रित पोखरेल र पौडेल दुवैजना आफ्नो पक्षका नेताहरुलाई ब्याक गराउन तयार नभएपछि चुनावी प्रतिस्पर्धा भएको हो।

पौडेल प्यानलबाट कँडेल समूह र पोखरेल प्यानलबाट रिजाल समूह चुनावी मैदानमा छ। बाहिर गुट नगर्ने भने पनि यी दुई नेताबीच नेतृत्वका लागि कडा टक्कर देखिएको छ।

नयाँ नेतृत्वका लागि पाँच पदाधिकारी पदमा १४ जनाले उम्मेदवारी दिएका छन्। सचिव पदमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com