ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाबाट ३१ जना हराए


एबीसी न्यूज
माघ २५, २०७४ बिहीबार  १० : ५२ बजे

रोल्पा, २५ माघ । जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४÷७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिनुभयो ।

हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन । यसरी छुट्टाछुट्टै स्थानबाट हराएका बालकहरु क्रमशः १०, १३, १५ र १६ वर्षका रहेका छन् भने महिला २० देखि ३५ वर्ष उमेर समूहका रहेको प्रसनि बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसैगरी आव २०७३\७४ मा ५६ महिला, २२ बालक र नौजना बालिका जिल्लाबाट हराएका थिए ।

तीमध्ये चार महिला, २० बालक र ६ बालिका फेला परिसकेका छन् भने अन्यको अवस्थाका बारेमा आजसम्म पनि कसैलाई कुनै किसिमको जानकारी छैन । यस्तै आव ०७२\७३ मा पनि महिला तथा बालबालिका गरी ८० जना हराएका थिए । यसरी परिवारलाई जानकारी नदिई घर, विद्यालय, पसल, धारा, पँधेरा तथा घाँसदाउरा गर्न गएका परिवारका सदस्य एकाएक सम्पर्कविहीन हुँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने हराएका आफन्तले जनाएका छन् ।

थबाङ गाउँपालिकाका ७० वर्षीय एक अभिभावकका अनुसार करिब ४ वर्षअघि दाउरा गर्न जंगल गएकी उहाँकी १५ वर्षीया छोरी बाटोबाटै हराइन् । उनी हराएपछि परिवारमा निकै चिन्ता भयो । खोजतलास गरियो, तर उनको पत्ता लागेन, तर दुई सन्तानकी आमा बनेर केही दिनअघि मात्र छोरी सम्पर्कमा आएपछि उहाँले सन्तानको चिन्ताबाट छुटकारा पाएको बताउनुभएको छ ।

यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्नका लागि आफूखुशी हिँड्ने गरेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिका पारिवारिक बेमेलका कारण आफूखुशी हिँडेका हुन्छन् । यसरी हिँडेका बालकहरु कोही इँटाभट्टा, कोही होटेल तथा कोही नेपाल बाहिरका विभिन्न स्थानमा रोगजारीका लागि पुग्ने गरेका छन् ।

यसरी नागरिकले परिवारको सदस्य तथा आफन्तमा नआउँदा प्रहरीलाई खबर गर्ने तर सम्पर्कमा आइसके पनि जानकारी नदिने भएको हुँदा प्रहरीको तथ्यांकमा हराउनेको संख्या अधिक हुने गरेको छ । साथै, प्रहरीलाई यही काममा अल्झिनुपर्ने बाध्यता छ । त्यसैले नागरिकले आफ्नो कर्तव्यबोध गर्दै आफ्नो मान्छे फेला परे प्रहरीलाई जानकारी गराउन सके सही तथ्यांक आउनाका साथै काम गर्नसमेत सहज हुने उहाँको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com