ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिया कप क्रिकेटमा भारतसँग १० विकेटले हारेपनि नेपालेको प्रंशसनीय प्रदर्शन


ABC NEWS

काठमाडौं भदौ १९ । एसिया कपमा नेपाल विश्व क्रिकेटको महारथी भारतसँग डिएलएस मेथडमा १० विकेटको फराकिलो अन्तरले पराजित भएको छ। विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको भारतलाई नेपालले हराउने अपेक्षा थिएन । अपेक्षा थियो त नेपालले राम्रो क्रिकेट खेलोस् ।

श्रीलंकाको पल्लेकेलेमा वर्षाले प्रभावित खेलमा भयो त्यस्तै । खेल भारतले १० विकेटले जित्यो, मन चाहिँ नेपालले । खासगरी मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका भारतीय बलरहरुलाई नयाँ ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य छ ।

लगातार दोस्रो हारसँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। एसिया कपमा समूह ए बाट पाकिस्तान र भारत सुपर फोरमा पुगेका छन्।

वर्षाका कारण दुइ घण्टाभन्दा बढी समय खेल रोकिएपछि डकवर्थ लेविस पद्धतिको आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकका सहभागीहरू । तस्बिर ः रत्न श्रेष्ठ ÷रासस

१ सय ४५ रनको लक्ष्य भारतले विना विकेटको क्षति १७ बल अगावै भेट्टायो।

पहिलो विकेटका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले १ सय ४७ रनको अविजित साझेदारी गरेपछि भारतले सहज जित निकालेको हो।

५९ बलको सामना गरेका रोहित शर्मा ६ चौका र ५ चौका हान्दै ७४ रनमा नटआउट रहे। शुभमन गिलले ६२ बलमा ८ चौका र १ छक्का हान्दै ६७ रनमा अविजित रहे।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २।१ ओभरमा विना विकेटको क्षति १७ रन बनाउँदा पानी परेपछि खेल प्रभावित भएको भएको थियो।

नेपालका सोमपाल कामीले २ ओभरमा २३ रन खर्चे। करण केसीले ४ ओभरमा २६ रन दिए। सन्दीप लामिछानेले ४ ओभरमा ३९ र ललित राजवंशीले ४ ओभरमा २४ रन दिए। दिपेन्द्र सिंह ऐरिले २ ओभरमा ११ रन खर्चे।

नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारतले २।१ ओभरमा विना विकेटको क्षति १७ रन बनाउँदा पानी परेपछि खेल प्रभावित भएको भएको थियो।

त्यसअघि श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा भारतले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको नेपाल ४८।२ ओभरमा २३० रनमा अलआउट भयो।

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९।५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुआत दिलाएका थिए।

ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए। २५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे।

पावर प्ले मा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो।

९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए।

गुलसन झाले २३ रन थपे। ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए।

सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे।

२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने।

आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए। ५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए।

सन्दीप लामिछाने ९ रनमा रनआउट भए। भिम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए। रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए। करण केसी २ रनमा नटआउट रहे। ललित रावंशी शुनय रनमा बोल्ड आउट भए।

Nepal’s Aasif Sheikh celebrates after scoring a half-century (50 runs) during the Asia Cup 2023 one-day international (ODI) cricket match between India and Nepal at the Pallekele International Cricket Stadium in Kandy on September 4, 2023. (Photo by Ishara S. KODIKARA / AFP)

भारतका रविन्द्र जडेजा एक्लैले तिन विकेट लिए। १० ओभर बलिङ गरेका जडेजाले ४० रन खर्चे।

मोहम्मद सिराजले तिन विकेट आफ्नो नाममा गरे। ९।२ ओभर बलिङ गरेका मोहम्मदले १ मेडन राख्दै ६१ रन खर्चेर ३ विकेट लिए।

सार्दुल ठाकुर, हार्दिक पाण्डेय र मोहम्मद सामीले समान १ विकेट झारे। कुलदिप यादवले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिदा विकेट विहिन रहे।

नेपाल पहिलो खेलमा ओडिआई वरियताको शीर्ष टोली पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

नेपालले क्रिकेट इतिहासमा पहिलो पटक ओडिआइ वरियताका शीर्ष तथा विश्व क्रिकेटका शक्तीशाली टोली भारत र पाकिस्तानसँग खेल्ने मौका पाएको हो।

पहिलो खेलमा पाकिस्तानसँग १०४ रनमा अलआउट भएको नेपालले भारतसँगको खेलमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टिकट काटिसकेका डाक्टरहरुलाई उतारेर माओवादी नेताहरूले चढे समिट एयर

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

सम्बन्धित

टिकट काटिसकेका डाक्टरहरुलाई उतारेर माओवादी नेताहरूले चढे समिट एयर

‘ताइवानी पृथकतावादी’ गतिविधि विरुद्ध चीनलाई नेपालको प्रष्ट समर्थन

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

नेपाल र मित्र राष्ट्र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक

हुवावेको निरीक्षणपछि बेइजिङमा प्रधानमन्त्री प्रचण्डले भने – डिजिटल नेपाल बनाउने सपना छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...