ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगले आज दलहरुलाई किन गर्दैछ पत्राचार ?


एबीसी न्यूज
माघ २५, २०७४ बिहीबार   १० : ४८   बजे

काठमाडौं, २५ माघ । राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसंगै निर्वाचन आयोगले आज राजनीतिक दलहरुलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिसका लागि पत्राचार गर्दैछ ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकको सिट बाँडफाड गरेर आजै सदस्य सिफारिसका लागि दलहरुलाई ५ दिनको समय सहित पत्राचार गर्ने बताउनुभयो ।


अबको ७ दिनभित्र प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिलाई हस्तान्तरण गर्ने आयोगको तयारी छ । राष्ट्रियसभाको अन्तिम मतपरिणाम भने ढिलामा सात दिनभित्र बुझाइसक्ने ऐनको प्रावधान अनुसार समयसिमा मै बुझाइने प्रवक्ता ढकालले बताउनुभयो ।
मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको मतगणना पुस २ गते नै सम्पन्न भएपनि राष्ट्रियसभा निर्वाचन सम्पन्न नभई आयोगले परिणाम सार्वजनिक गर्न अस्वीकार गरेको थियो ।

मतपरिणाम सम्पन्न भएको करिव दुई महिनापछि आयोगले सिट बाँडफाड गर्न लागेको हो । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पूरै देशलाई एक निर्वाचन क्षेत्र मानी दलहरुले पाएको कूल सदर मत संख्याको अनुपातमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार मत परिणाम विभाजक सूत्रका आधारमा सिट संख्या बा“डफाट गरिन्छ ।

आयोगसंग कूल ९५ लाख ४४ हजार ७ सय ७९ सदर मतगणना भएको तथ्याङ्क छ । एमाले र कांग्रेसबीच ४५ हजार १०५ मतको अन्तर छ । तर उपलब्ध १ सय १० सिट संख्या विभाजन गर्दा भने दुई दलको अन्तर एक सिटमात्र हुनेछ । निर्वाचनमा सहभागी ४९ दलमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड कटाउने दल पा“च वटा मात्र छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

सम्बन्धित

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group