ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितानिवास जग्गा प्रकरण : सरकारी वकिलको बहस सकियो


एबीसी न्यूज

काठमाडौं, १८ भदौ । ललितानिवासको जग्गा किर्ते मुद्दामा सरकारी वकिलतर्फको बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकाको इजलास नम्बर–१३ मा परेको मुद्दामा सोमबार चार सरकारी वकिलले बहस गरे ।

जिल्ला न्यायाधिवक्ताद्वय वासुदेव शर्मा र जनक घिमिरे तथा सहायक जिल्ला न्यायाधिवक्ताहरू प्रकाश ज्ञवाली र प्रकाश गिरीले बहस गरेका हुन् । आइतबार सुरु भएको थुनछेक बहसमा जिल्ला न्यायाधिवक्ताद्वय महेश खत्री र रमेश भट्टराई र सहायक जिल्ला न्यायाधिवक्ताहरू चन्द्र सन्जेल र दिनेश भट्टराईले बहस गरेका थिए ।

यही भदौ १० गते सरकारी वकिलले ३१० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पक्राउ परेकाहरूसित गएको सोमबारदेखि शुक्रबारसम्म बयान लिइएको थियो । त्यसपछि थुनछेक बहस सुरु भएको हो ।

सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले शिवजी भट्टराई, रुद्रकुमार श्रेष्ठ, मीनबहादुर गुरुङ, कलाधर देउजा, बालकृष्ण श्रेष्ठ, घमनकुमार कार्की, गोपाल कार्की, वेदप्रकाश पौडेल, युवराज पौडेल, नारायणराज मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, बाबुराजा महर्जन, केशव तुलाधर, देवनारायण महर्जन, सकलानन्द महर्जन र लोकहरि घिमिरेलाई पक्राउ गरी थुनामा राखेको थियो । उनीहरू अझै थुनामा छन् ।

सीआईबीले संगठित अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले भने किर्तेमा मात्र मुद्दा चलाएको थियो । किर्ते आरोपमा प्रहरीले २५ दिन मात्र थुनामा राखेर अनुसन्धान गर्न पाउँछ ।

ललितानिवास जग्गा प्रकरणमा २८९ जनालाई मुख्य प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । जग्गा फिर्ता गर्ने प्रयोजनका लागि मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाएको छ । त्यसमा ललितानिवासस्थित जग्गाका तत्कालीन मालिक सुवर्णशमशेरको परिवारका सदस्यहरू पनि छन् । पक्राउ परेका १८ बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सम्बन्धित

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com