ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिममा विद्यालयबाट घर फर्किंदै गरेका दाजु-बहिनीको बाढीले बगाउँदा मृत्यु


एबीसी न्यूज

काठमाडौं, १८ भदौ । रूकुम पश्चिममा विद्यालयबाट घर फर्किंदै गरेका एकै घरका दुई बालबालिकाको बाढीले बगाउँदा मृत्यु भएको छ।

चौरजहारी नगरपालिका( ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार साँझ स्थानीय म्याउला नामको ठाडो खहरे खोलाले बगाउँदा मृत्यु भएको हो।

बाढीले बगाएपछि बेपत्ता भएका बालबालिकाको शव आइतबार राति नौ बजे घटनास्थलभन्दा केही तल फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख डीएसपी नवराज भट्टराईले जानकारी दिए।

‘दाजु बहिनी विद्यालयबाट सँगै घर फर्किने क्रममा आएको खहरेको बाढीले उनीहरुलाई बगाएको हो,’ डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘स्थानीयको सहायतामा खोजतलास गर्ने क्रममा हामीले गएराति नौ बजे उनीहरुको शव फेला पार्यौं।’

मनोजको शव घटनास्थलबाट १५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको उनले जानकारी दिए।

उनीहरु आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किंने क्रममा घटना भएको प्रहरीले जनाएको छ। दाजु मनोज कक्षा ३ र बहिनी भावना कक्षा १ मा अध्ययनरत थिए।

अरुबेला पानी नहुने खहरे खोलामा बाढी आएको बेला दाजु बहिनीले तर्न खोज्दा घटना भएको हुनसक्ने डीएसपी भट्टराईले बताए।

उनीहरु पढ्ने विद्यालय घरबाट झण्डै डेढ किमी दुरीमा पर्छ। विद्यालयबाट घर फर्किंदै गरेका दुबै छोराछोरीको बाढीले बगाएर मृत्यु भएपछि बुढाथोकी परिवार शोकमा डुबेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com