ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले लुम्बिनी प्रदेश अधिवेशन : ५ पदाधिकारीमा १२ जनाको उम्मेदवारी


एबीसी न्यूज

काठमाडौं, १८ भदौ ।  नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पाँच जना पदाधिकारीका लागि १२ जनाको उम्मेदवारी परेको छ । सोमबार बिहान १० बजेसम्म निर्धारित मनोनयन दर्ताको अवधिभित्र अध्यक्षमा दुई जनासहित १२ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रदेश कमिटी अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरिप्रसाद रिजाले हिंजो साँझ नै उम्मेदवारी दर्ता गरेका थिए । दुई उपाध्यक्ष पदका लागि रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रुपन्देहीकै अनुप बराल र बाँकेका कुजन विश्वकमाले उम्मेदवारी दिएका छन् । त्यस्तै, एक जना सचिव पदका लागि दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएको निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिए ।

दुई जना उपसचिव पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र दुर्गाप्रसाद चौधरी तथा रोल्पाका पूर्णबहादुर बुढा र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन् ।

एमालेको प्रदेश कमिटी ५ पदाधिकारीसहित २०५ सदस्यीय हुनेछ । निर्वाचन मण्डलका अनुसार आज सोमबार दिउँसोदेखि मतदान प्रक्रिया सुरु हुने भएको छ ।

अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट एक हजार ४ जना प्रतिनिधिहरू मतदाता रहेका छन् ।

नेताहरुले सार्वजनिक अभिव्यक्तिमा सहमतिको रटान लगाएपनि भित्रभित्र आफ्नो गुटको पक्षमा लबिङ गरेकाले निर्वाचनबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पार्टीमा कुनै पनि गुट नभएको स्पष्टीकरण दिए पनि भित्रभित्रै गुट झाँगिएको अधिवेशनस्थलमा सहभागी नेता, कार्यकर्ताहरुले प्रतिक्रिया दिएका छन् ।

नेकपा एमालेको प्रादेशिक स्तरमा हुने पहिलो अधिवेशनमै सहमति हुन नसकेपछि अन्य प्रदेशमा पनि यसको सन्देश जाने देखिएको छ ।

अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेलले आफूले एक वर्ष मात्र प्रदेश अध्यक्ष भएर काम गर्दा प्रतिकूल राजनीतिक परिस्थितिमा भएका चुनावमा पार्टीलाई प्रदेशसभामा पहिलो बनाएको र अन्य निर्वाचनमा पनि उल्लेख्य सफलता हासिल गरेको,पार्टी संगठनलाई व्यवस्थित बनाएको र पार्टीलाई आर्थिकरुपमा पारदर्शी मितव्यवयी बनाएकाले प्रतिनिधिकै आग्रहमा एक कार्यकाल काम गर्न उम्मेदवारी दिएको बताएका छन् ।

केन्द्रीय सदस्य एवं पुर्व प्रदेश मन्त्री रहेका अर्का उम्मेदवार हरिप्रसाद रिजालले पार्टीलाई थप बलियो बनाउन आफू प्रदेशमा आउन चाहेको बताएका छन् । कंडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाललाई महासचिव शंकर पोखरेल निकट मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com