ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुर टीभीसहित १२ कम्पनी आईपीओ निष्कासनको लाइनमा, कुनको कति ?


एबीसी न्यूज

काठमाडौं,१७ भदौ । पछिल्ला दिनहरूमा धितोपत्र बजारमा प्राथमिक सेयर आईपीओ प्रिमियम मूल्यमा निष्कासन गर्ने कम्पनीहरू थपिँदै गएका छन् । तर, हाल नेपाल धितोपत्र बोर्डमा हाइड्रो र ‘अन्य’ समूहमा पर्ने १० वटा कम्पनीले भने अंकित मूल्य १०० रुपैयाँमा नै आईपीओ निष्कासनका लागि निवेदन दिएका छन् ।

निवेदन दिएकामध्ये दुईवटा उत्पादन तथा प्रशोधन समूहमा पर्ने कम्पनीले भने ‘बुक बिल्डिङ’ विधिबाट आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्नेमा रिलायन्स स्पिनिङ मिल्स र सर्वोत्तम सिमेन्ट रहेका छन् । यी दुई कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत सेयर बिक्री गरेर मात्र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछन् ।

बाँकी १० वटा कम्पनीले भने बोर्डबाट स्वीकृति पाएपछि हाल प्रचलित प्रक्रियाबाट नै आईपीओ निष्कासन गर्नेछन् । आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिनेमा हिमस्टार कम्पनी, डिस मिडिया नेटवर्क, आईएमई लिमिटेड, दरमखोला हाइड्रो इनर्जी र कान्तिपुर टेलिभिजन रहेका छन् ।

यस्तै, एक्कर्ड फर्मास्युटिकल्स, नेपाल वेयरहाउजिङ कम्पनी, ट्रेड टावर, मुक्तिनाथ कृषि कम्पनी र सानिमा हाइड्रोपावर पनि आईपीओको तयारीमा रहेका छन् ।

यी कम्पनीहरूले आईपीओ निष्कासनका लागि विभिन्न समयमा बोर्डमा निवेदन दिएका हुन् । कतिपयले भने यसैवर्ष आवेदन दिएका छन् । प्रचलित नियमअनुसार आवश्यक कागजपत्र पूरा नगरेपछि यी कम्पनीहरूको आईपीओ प्रक्रिया अगाडि नबढेको बोर्डले जानकारी दिएको छ ।

कुन कम्पनीले कति कित्ता आईपीओ निष्कासन गर्दै छन् ?

 

raw1j-1693580349.jpg

बोर्डमा आवेदन दिँदाको विवरणअनुसार हिम स्टार ऊर्जा कम्पनीले ११ लाख १९ कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । यो कम्पनीले २०८० जेठ ३१ गते बोर्डमा आवेदन दिएको हो ।

त्यस्तै, डिस मिडियाले एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्ने बोर्डमा २०८० असार १२ गते अवेदन दिएको हो । आइएमई लिमिटेडले २०८० असार २९ गते १० लाख कित्ताका लागि र दरमखोला हाइड्रो इनर्जीले ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि २०८० भदौ ५ गते अनुमति माग गरेको हो ।

कान्तिपुर टेलिभिजनले सात लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा २०८० जेठ २८ गते निवेदन दिएको छ । एक्कर्ड फर्मास्युटिकल्सले २०७९ पुस ४ गते सात लाख ६ हजार ९०९, नेपाल वेयरहाउजिङ कम्पनीले २०७९ पुस २२ गते १३ लाख ७५ हजार, ट्रेड टावरले २०७९ असार १४ गते ११ लाख ५८ हजार ९८० र सानिमा हाइड्रोपावरले २०८० जेठ २६ गते १४ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेका छन् ।

तर, मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएको डेढ वर्ष बितिसक्दा पनि अनुमति पाएको छैन । यो कम्पनीले २०७८ फागुन २० गते बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको थियो ।

हालसम्म पनि यो कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति पाएको छैन । तर, प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न चाहने कम्पनीले भने लगातार आईपीओ निष्कासन गरिरहेका छन् । हाल सिटिजन लाइफ इन्स्योरेन्सले पनि आईपीओ प्रतिकित्ता २४४ रुपैयाँमा निष्कासन गरिरहेको छ । यो कम्पनीको आईपीओमा आवेदन दिने अवधि भदौ १९ गतेसम्म रहने छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com