ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेप्सिकोला दुर्घटना अपडेट– घाइते सशस्त्र प्रहरीको मृत्यु, मृतकको संख्या २ पुग्यो


abc

काठमाडौं,१७ भदौ । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकअन्तर्गत पेप्सिकोला छाप्रो भन्ने स्थानमा आइतबार आज बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।

प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण सिनामंगल मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो।

योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ। यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ।

यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बा ६ च ५३४२ नम्बरको पिकअप, बा। प्र(०२–०३७ प ४३११ नम्बरको स्कुटर र बा। प्र–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकललाई एकसाथ ठक्कर दिएको हो।

दुर्घटनामा अन्य तीन जना पनि घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा दोलखा भीमेश्वर नगरपालिका घर भई हाल इमाडोल बस्ने वर्ष ५२ का कुमारबहादुर खाती, उदयपुर गाईघाट घर भई हाल काँडाघारी बस्ने वर्ष २३ की कल्पना विक र मकवानपुर घर भई हाल पेप्सीकोला बस्ने वर्ष १९ की रमिता प्रजा सामान्य घाइते भएका हुन्।

घाइतेहरूको उपचार वीर र सिभिल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

एमाले बागमती अधिवेशन– सहमतिका लागि फेरि संशोधन गरियो निर्वाचन कार्यतालिका

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

चिताबाट युवतीको शव नियन्त्रणमा , पतिसहित ३ जना पक्राउ

देवघाटमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता

नेपालबाट सहायक कामदार इजरायल पठाउन सरकारले गर्यो तयारी

घट्यो सुनको भाउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com