ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक साताअघि नै बालेनलाई पुत्री लाभ


एबीसी न्यूज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई एक साताअघि नै पुत्रीलाभ भएको खुलेको छ । आईभीएफ प्रविधिमार्फत बालेन पत्नी सविना काफ्लेले दुई छोरीलाई जन्म दिएकी हुन् । तर, जन्मपछि दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल निकट स्रोतले जनाएको छ ।

यस्तै अर्को बच्चाको स्वास्थ्यमा केही समस्या भएपछि ललितपुरको मेडिसिटी अस्पतालकै एनआईसीयूमा उपचार भइरहेको अस्पताल स्रोतको भनाइ छ । बच्चा अस्पतालमै रहेपनि सविना भने दुई दिनअघि नै डिस्चार्ज भइसकेकी छन् । बच्चा अस्पतालमा रहेकाले सविनासहित बालेनको परिवारका सदस्यको अस्पतालमै आउजाउ भइरहेको छ। मेडिसिटी अस्पताल स्रोतले सविनाको एक साताअघि नै डेलिभरी भएको पुष्टि गर्यो । ‘उहाँ डेलिभरी भएको एक साता भइसक्यो । हामीलाई उहाँहरुले बाहिर केही नलैजानु भन्नुभएकाले धेरै भन्न मिल्दैन’, मेडिसिटीका एक अधिकारीले भने, ‘बच्चा अस्पतालमै छ । सबिनाजीको पनि दुई दिनअघि डिस्चार्ज गरिसकिएको छ ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाउने भन्दै शनिबार राति विवादास्पद अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ । उनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेपछि आक्रोश पोख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए ।

उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र प्रसाद भट्टले कोटेश्वरमा नियमित चेकजाँचमा महानगरपालिकाको गाडी परेको जानकारी दिए ।

पासबिनाको गाडी पाइएपछि सामान्य सोधपुछ गरेर छाडिएको उनको भनाइ छ । ‘सरकारी गाडी शनिवार चलेको हुनाले सोधपुछ गरिएको हो । विदाको दिन पास छ कि छैन भनेको हो । नभेटिएपछि चालकको लाइसेन्स हेरेर पास बोकेर हिँड्नु भनेको हो’, उनले भने ।

बालकुमारीतर्फबाट आएको गाडी कोटेश्वरमा चेकजाँचमा परेको थियो । हिजो साँझ ८ बजेर ५० मिनेटमा सो गाडी चेकमा परेको थियो । सो गाडीमा सविना सवार थिइन् । लगत्तै बालेनले फेसबुकमा आक्रामक अभिव्यक्ति दिएका हुन् । बालेनको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेको बेला आइतबार बिहान उनको पुत्रीलाभ भएको भनेर सार्वजनिक गरिएपनि एक साताअघि नै सविना डेलिभरी भएको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com