ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी नेतृत्वमा ओलीको कुनै विकल्प छैन : उपाध्यक्ष पौडेल


ABC NEWS

बुटवल १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरुबाट तत्काल हुन नसक्ने बताएका छन् ।

अहिले विभिन्न कोणबाट नेतृत्वको विषय उठाएर एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसलाई सिंगो एमालेले पानीको फोकाजस्तै बनाइदिने उनले बताए ।

‘एमाले नेता, नीति, विधि र विचारमा एकताबद्ध छ, कुनै अस्पष्टता छैन,’ उनले भने, ‘अध्यक्ष केपी ओलीकै नेतृत्वमा पार्टीले मिसन–८४ संचालन गरिरहेकाले कोही कसैले कुण्ठित आशा नराखे हुन्छ, नेतृत्वको विषयमा विवाद आज पनि छैन र भोलि पनि हुने छैन ।’ कसैले त्यस्तो कुण्ठित मनसाय राखेर विवाद ल्याउने प्रयास गर्छ भने पनि त्यसलाई आफूहरुले सावधानीपूर्वक अघि बढ्ने उनले स्पष्ट पारे ।

एमाले लुम्बिनी प्रदेशको शनिबार बुटवलमा सुरु भएको सम्मेलन उद्घाटन सत्रमा बोल्दै एमाले जिवन्त पार्टी भएको र जिवन्त पार्टीमा गुट र पार्टीसँगै अघि बढ्न नसक्ने उनले बताए । ‘गुट बनाउनेले पार्टी समाप्त पार्छन्, पार्टी बनाउनले गुट समाप्त पार्छन्,’ उनले भने, ‘अब तपाईंहरु कुन बाटो रोज्नुहुन्छ, त्यो यही अधिवेशनबाट स्पष्ट सन्देश दिनुहोस् ।’ हामी नेताहरु पार्टी निर्माणको कठिन यात्रामा अघि बढिरहेकाले अनेक षड्यन्त्रबाट आउने रंगीन समाचारहरुबाट कोही पनि कार्यकर्ता र शुभचिन्तकहरु तंरगित नहुन उनले आग्रह गरे ।

एमाले पार्टीभित्र बसेर भित्रैबाट गुटउपगुट चलाउने र चर्चा गरेर बस्ने छुट कसैलाई नरहेको पनि उनले बताए । उनले गुटबन्दी कायरता भएको र विष्णु पौडेलको ४५ वर्षे राजनीतिक यात्रामा कहिल्यै पनि गुटका सहारा नलिएको दाबी गरे । ‘गुटबन्दीको सहारा लिने भनेका कायरहरु हुन्,’ उनले भने, ‘पार्टीभित्र भविष्य नदेख्ने र संगठनको काम गर्न नसक्नेहरुले मात्र गुटको सहारा लिन्छन् ।’

उनले आफ्नो क्षमता बिर्सेर पार्टी नेताको सहारा लिएर अघि बढ्न खोज्नेलाई दासको संज्ञा दिए । ‘दासहरुले आफै केही गर्न नसक्ने भएपछि नेताको नाम बिक्रीगर्ने गर्छन्,’ उनले थपे, ‘त्यसैले लुम्बिनी प्रदेशमा कोही पनि दास बन्ने प्रयास नगर्नुस्, सच्चा र कुशल संगठन र कार्यकर्ता बनेर नेतृत्व छनोट गर्नुस् ।’ उनले अधिवेशनमा सहभागी प्रतिनिधि र कार्यकर्तालाई दास नबन्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

सम्बन्धित

नेपालबाट भैंसीको मासु चीन निर्यातको स्वीकृति दिने प्रक्रिया अघि बढाउने सहमति

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

नेपाल र मित्र राष्ट्र चीनबीच भएको १३ बुँदे सम्झौता संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक

हुवावेको निरीक्षणपछि बेइजिङमा प्रधानमन्त्री प्रचण्डले भने – डिजिटल नेपाल बनाउने सपना छ

नेपाल र चीनबीच रसुवागढी–केरुङ विद्युतीय प्रसारण लाइन निर्माण गर्ने सहमति

डिजिटल नेपाल बनाउने सपना छ: प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com