ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डमाथि अ‍ोलीको व्यंग्य: ‘गेरु वस्त्र धारणम्, मुर्रा राँगा ताननम्’


ABC NEWS

बुटवल १६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको भूभाग दिने अधिकार नभएको बताएका छन्।

शनिबार लुम्बिनी प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भारत हुँदै बंगलादेश जाने बाटोका लागि जमिन दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डलाई देशको एक इन्च जमिनसमेत बाँड्ने अधिकार नभएको बताएका हुन्।

‘बंगलादेशसम्म जाने बाटो भारतले पहिले नै दिइसकेको छ। बिमस्टेकअन्तर्गत त्यो सम्झौता भइसकेको छ। अनि बंगलादेशमा जाने बाटोमा काँडेतार लागेको छरु कुन बाटोका लागि तपाईं जमिन दिनुहुन्छरु तपाईंको पैत्रिक सम्पति होरु प्रचण्डलाई जमिन बाँड्दै हिँड्ने अधिकार नेपाली जनतालृे दिँदैन। त्यसकारण नेपालको भूभाग अखण्ड छ। हाम्रो देश एक इन्च पनि जमिन कसैलाई टुक्राएर दिन्छु भन्न पाइँदैन। यस्ता त प्रधानमन्त्री भएका छन्,’ उनले भने।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले भारतसँग इपिजीको प्रतिवेदनबारे एक शब्दसमेत नसोधेको बताउँदै राँगा लिन किन गएको भन्दै व्यंग्य गरेका छन्।

‘इपिजीको प्रतिवेदनबारे किन नबोलेको भन्दा रिसाउँछ भनेर अरे। अनि त्यो राँगा लिन अरूलाई पठाउँदा हुँदैन थियोरु प्रधानमन्त्रीले नै राँगा डोर्‍यानुपर्छ त ? गेरु वस्त्र लगाएको छ मुर्रा राँगा तानेको छ। गेरु वस्त्र धारणम् मुर्रा राँगा ताननम्। यस्ता खालको प्रधानमन्त्री छन्,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले ३ महिनाअघि गरेको भारत भ्रमणको विषयलाई लिएर एमाले अध्यक्ष ओलीले कटाक्ष गरेका हुन् । प्रचण्ड गत जेठ १७ गते भारत भ्रमणमा गएका थिए ।
कार्यक्रममा अध्यक्ष ओलीले एमालेले देशको स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अंखण्डा हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने बताए । उनले सरकारले लिम्पियाधुरासँग बंगलादेश जाने बाटो साट्ने कुरा गरेको बताउँदै त्यस्तो गर्न नसकिने उल्लेख गरे ।

उनले एमालेको सरकार ढाल्न नसकेर अदालतमा गएर ढालेको आरोप लगाउँदै वामपन्थीको खोल ओढेकाहरूले दक्षिणपन्थीसँग मिलेर एमालेको सरकार ढालेको आरोप लगाए । उनले प्रचण्डले हिंसा छोडे पनि विप्लवलाई शान्ति प्रक्रियामा ल्याएको, सिके राउतलाई राजनीतिको मूलधारमा एमालेले ल्याएको बताए । अध्यक्ष ओली आफू प्रधानमन्त्री भएको बेला संविधानको सर्वस्वीकार्यता गराउने काम, देशको गुमेको भाग नक्सामा समेटेर भारतलाई पत्राचार गरेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com