ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विष्णु पौडेल र म एकै ठाउँमा छौं, शंका गर्नुपर्दैन : शंकर पोखरेल


abc

बुटवल, १६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै प्रतिस्पर्धा नरहेको बताएका छन् ।

बुटवलमा आयोजित प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पोखरेलले यो अधिवेशनले पार्टी एकताको सन्देश दिनुपर्ने बताए ।

‘लुम्बिनी प्रदेश अधिवेशनमा मात्र हैन अरु सबै विषयमा विष्णु पौडेल र शंकर पोखरेल एक ठाउँमा छन् कसैले शंका गर्नुपर्दैन’, पोखरेलले भने । लुम्बिनी प्रदेशको अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले आआफ्नो नजिकको व्यक्तिलाई अध्यक्ष बनाउन चाहेको र दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुन लागेको समाचारहरु आइरहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले लुम्बिनी प्रदेश अधिवेशनले दिने सन्देशले अरु प्रदेशलाई मार्गनिर्देशन दिने पनि बताए । एमालेभित्र केपी ओलीको नेतृत्वमा सिंगो पार्टी एकतावद्ध रहेको भन्दै महासचिव पोखरेलले २०८४ सालको चुनावमा बहुमत ल्याउन लुम्बिनी अधिवेशनबाट एकताको सन्देश दिन जरुरी रहेको धारणा राखे ।

राजनीतिक अस्थिरता र सामाजिक अराजकता देशको मुख्य समस्या भन्दै महासचिव पोखरेलले धेरै दलहरु हुँदा झन् राजनीतिक अस्थिरता बढेकाले एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।

‘जति धेरै राजनीतिक दल उति धेरै अस्थिरता यो मुलुकले भोगेको छ’, पोखरेलले भने । महासचिव पोखरेलले समाजवादी मोर्चाको नाममा नाटक मञ्चन भइरहेको पनि टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

सम्बन्धित

भुवन केसी पुत्र अभिनेता अनमोल केसी पक्राउ

गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो : अध्यक्ष ओली

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

केपी ओली : गठबन्धनको सरकार देशका लागि दुर्भाग्य हो

राहतका शिक्षक र शिक्षा मन्त्रालयबीच सहमति, आन्दोलन फिर्ता

दैनिक १४ सय डेंगी संक्रमित थपिँदै, जुलाईयता २० जनाको मृत्यु शुक्रबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com