ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया नक्साको जबाफमा नेपालले भन्यो– ‘हाम्रो नक्सालाई अरु देशले पनि सम्मान गर’


ABC NEWS

काठमाडौं १५ भदौ । सरकारले नेपालको संसद्ले सन् २०२० मा सर्वसम्मत रुपमा स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको बताएको छ।

‘यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपाल नक्सा नेपाली ससदले अनुमोदन गरेको र त्यसमा नेपाल सरकार प्रतिबद्ध रहेको उल्लेख छ ।

‘सन् २०२० मा नेपालको संसद्‍ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ,’ प्रेस नोटमा छ ।

नेपालले कुनैपनि सीमाको विषय संवाद र कूटनीतिक तवरबाट टुंगो लगाउने पनि परराष्ट्रले बताएको छ।

चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश गरेको छैन। सो बारे विवाद बढ्दै जाँदा परराष्ट्रले विज्ञप्ति जारी गर्दै आफ्नो औपचारिक धारणा प्रस्तुत गरेको हो।

यसैबीच नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनको नयाँ नक्सामा चुच्चे नक्सासहितको छिमेकी नेपाल नसमेटिएको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणको समयमा उठाउने बताएका छन् ।

पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् । नेपालको वास्तविक नक्सा नसमेटिनु महत्त्वपूर्ण विषय भएको भन्दै यसबारे प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा कुरा उठाउने बताएका छन् ।

‘धेरै महत्त्वपूर्ण विषयमा किन त्यस्तो हुन गयो । किन समेटिएन त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यो जारी भएपछि बुझ्दा त्यस विषयमा पहिलेका सरकारले जानकारी गराएको छ भन्ने छ,’ सापकोटाले भने, ‘हाम्रो पार्टीको अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यस विषयमा पनि कुराकानी हुन्छ ।’

सापकोटाले चुच्चे नक्साको विषयमा सरकार पनि प्रष्ट हुनुपर्ने र जनतालाई पनि प्रष्ट पार्दै लैजानुपर्ने बताएका थिए । प्रधानमन्त्री दाहाल असोजको पहिलो साता चीन भ्रमणमा जाँदै छन् ।

चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा छेउमा नेपालको पुरानै नक्सा राखेर जारी गरेको छ । नेपालको भूमि भारतले समेटेपछि नेपालले २०७७ साल जेठ ७ मा आफ्नो लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको थियो ।

तर भारतले नेपालको नयाँ नक्सालाई स्वीकार गरेको छैन र नेपाली भूमिमा भारतीयहरु अझै बसिरहेका छन् । नेपालको नयाँ नक्सालाई भारतले स्वीकार नगरिरहँदा चीनले पनि सोमबार नयाँ चुच्चे नक्साको स्थानमा पुरानै नक्सालाई स्थान दिएर आफ्नो नयाँ नक्सा बाहिर ल्याएको हो ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार उक्त नक्सा चीनको प्राकृतिक स्रोत मन्त्रालयले जारी गरेको हो ।

सन् २०२३ को संस्करण भन्दै उल्लेख गरेको उक्त चिनियाँ नक्साको छिमेकमा रहेको नेपालको चुच्चे नक्साको स्थानमा बुच्चे नक्सालाई नै राखिएको हो । ‘यो नक्सा चीन र विश्वका विभिन्न देशको राष्ट्रिय सीमा रेखांकन विधिको आधारमा तयार गरिएको हो,’ ग्लोबल टाइम्समा उल्लेख छ । ताइवानसमेतलाई समेटिएको चीनको नयाँ नक्सामा नेपालको बुच्चे नक्सालाई कायम गरेर ग्लोबल टाइम्सले आफ्नो ट्वीटर ह्यान्डलबाट सेयर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com