ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग विद्युत व्यापार र कर्णाली सडक करिडोर सम्झौता हुँदैछ : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

काठमाडौं १५भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका बेला हुने सम्झौताहरू टुंगो लागेको बताएका छन्। शुक्रबार चिनियाँ राजदूतसँग छन् सोङ गहन छलफल गरी पोखरा पुगेका प्रधानमन्त्री प्रचण्डलले मन्त्रालयगतरूपमा सम्झौता हुने विषयहरू टुंगो लागेको बताए। प्रधानमन्त्री प्रचण्डले चीनसँग विद्युत व्यापार सम्झौता हुने बताए। उनले ऊर्जा क्षेत्रमा पनि चीनसँग सम्झौता हुने बताए।
त्यसका लागि रसुवामा ट्रान्समिशन लाइन जडान गरिने बताएका छन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विभिन्न क्षेत्रबाट उडान गर्ने विषयमा पनि छलफल हुने बताए। प्रचण्डले आसन्न चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे छलफल गर्ने बताएका छन् ।

‘कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ । साथै, पोखरा र लुम्बिनी एयरपोर्टबाट सिधै चीनका विभिन्न सहरमा उडान भर्नेबारे छलफल गर्नेछु’, प्रचण्डले भने ।

समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधारअन्तर्गत सुदूरपश्चिम र कर्णालीलाई जोड्ने हिल्सा–सुर्खेत सडकका विषयमा सम्झौता हुने बताए। उक्त परियोजनाले सुदूरपश्चिम र कर्णालीका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बताए। उनले मुस्ताङबाट चीन जोड्ने कोरला नाका, गोरखाबाट चीन जोड्ने नाकाका विषयमा पनि छलफल हुने बताए।

उनले नेपालको कृषि क्षेत्रमा चीनको विशेष चासो रहेकोबताउँदै त्यससम्बन्धी विविध विषयमा छलफल हुने बताए। उनले चीनसँग घाँस निर्यात र राँगाको मासु निर्यात गर्ने विषयमा छलफल हुने बताए। चीनमा घाँस र राँगाको मासुको उच्च माग रहेको बताउँदै नेपालालई अर्बौं खर्बौंको आम्दानी हुने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com