ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समाजवादी मोर्चा निर्वाचनका लागि मात्र होइन’, ‘माधव नेपालले सफाइ पाइसक्नुभयो’ : प्रम प्रचण्ड


ABC NEWS

काठमाडौँ १५ भदौ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा निर्वाचनका लागि गठन नभएको दाबी गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा निर्वाचनउन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको दाबी गरे । मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै उनले सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गरे ।

‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन । निर्वाचनका लागि अर्कै मोर्चा बन्छ । यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो’, उनले भने, ‘एउटै विचार र उद्देश्यमा केन्द्रीकृत हुनु गर्वको विषय हो । पार्टीगत कुनै स्वार्थ छैन । समाजवादी क्रान्तिको लागि एकताबद्ध भएको हो ।’

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा पुरानो एकता नभएको जिकिर गर्दै नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको जिकिर गरे । सहमति, सहकार्य र एकताको आधारमा मात्रै नयाँ क्रान्ति हुने भएकाले मोर्चा गठनबारे भ्रमित नहुन उनले आग्रह गरे ।
माधव नेपालबारे प्रचण्ड स् उहाँले सफाइ पाइसक्नु भयो, अब कसैले तर्साउन सक्दैन

माधव नेपालले सफाइ पाइसक्नु भयो, अब कसैले तर्साउन सक्दैन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सफाइ पाइसकेको बताएका छन्।

पोखरामा शुक्रबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा दाहालले ललिता निवास प्रकरणबाट नेपालले उन्मुक्ति पाइसकेको बताएका हुन्।

भ्रष्टाचारविरुद्धको अभियान चलाउँदा आफूले माओवादी नेताहरु पनि नछुट्ने गरी अनुसन्धान गर्न भनेको बताए।

‘माओवादी नेताहरु पनि कोही सुनमा, कोही के मा जोडिएको सुन्छु। तर मैले सबैलाई समात्नु छु भनेको छु’, उनले भने, ‘दोषी छ भने जोसुकै होस् कोही नछुटुन्, मैले नै गल्ती गरेर सडकमा भेटे मलाई पनि कारबाही चलाउन भनेको छु।’

प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटार प्रकरणमा विनाकारण मुछिएको पनि दाबी गरे।

‘माधवजीकोबारे ललिता निवासमा धेरै प्रश्न उठाएका छन्। तर उहाँ निर्दोष हुनु हुन्छ भन्ने सावित भइसक्यो’, उनले भने, ‘औपचारिक रुपमा माधवजीमाथिको प्रश्नको निरुपण भएको छ। केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले बयान लिएर मुद्दा चलाउन नपर्ने भनेपछि उहाँ निर्दोष सावित हुनु भयो।’

उनले अब माधव नेपालमाथि कुनै षड्यन्त्र नहुने पनि बताए। ‘अब माधवजीमाथि षड्यन्त्र हुँदैन। उहाँले सफाइ पाइसक्नु भयो’, उनले भने, ‘सीआईबीले बयान लिएर मुद्दा नचलाउने निर्णय गरिसकेपछि अब उहाँलाई कसैले तर्साउन सक्दैन।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

बझाङमा गएको भूकम्पमा दर्जनौ बढि घर भत्किए ,पहिरोले राजमार्ग अवरुद्ध, ६ जना घाइते

सरकारको विकल्प खोज्न सबै दल र सांसदलाई, ओलीको आह्वान:

हत्यारा र भ्रष्टलाई जोगाएर कस्तो सुशासन आउँछ, ओलीले गृहमन्त्रीलाई भने :

बझाङमा २६ मिनेटको अन्तरमा गयो दुई ठूला भूकम्प, काठमाडौंसम्म हल्लायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...