काठमाडौं, १५ भदौ । । नेकपा माओवादी केन्द्रले शनिबारबाट देशैभर एकैसाथ ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्दैछ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट एकैसाथ उद्घाटन गर्ने सो अभियानमा पदाधिकारीदेखि सबै तहका नेताहरूलाई विभिन्न जिम्मेवारीसहित माओवादीले खटाएको छ।
पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी अभियानबारे औपचारिक जानकारी गराएका छन्।
पत्रकार सम्मेलनपछि माओवादीले जारी गरेको विज्ञप्तिमा अभियानका विभिन्न लक्ष्यका बारेमा प्रष्ट पारिएको छ।
उक्त अभियानले पार्टी सदस्यता संख्या ८ लाख पुऱ्याउने गरी पार्टी र जवसरमोर्चाका सबै कमिटीका बैठक सम्पन्न गर्ने लक्ष्य राखेको छ।
कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने लक्ष्य पनि राखेको माओवादीले जनाएको छ।
आत्मनिर्भरता बढाउने उद्देश्यका साथ पार्टीको नेतृत्वमा संचालित स्थानीय सरकारहरुले कम्तिमा १÷१ वटा उत्पादन र उद्यमसँग सम्बन्धित कार्यक्रम सुरु गर्ने पनि माओवादीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्