काठमाडौं, १५ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिस्ट आन्दोलनमा देखा परेका क्षणिक फुटलाई समाजवादी मोर्चाको माध्यमबाट एकताको प्रक्रियामा अघि बढाइएको दाबी गरेका छन्।
शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
‘जब देशी विदेशी प्रतिक्रियावादी तत्वहरुले स्वाधिनता र राष्ट्रियतामाथि हमला गर्न थाल्छन्। त्यसपछि कयौं नयाँ समीकरण अगाडि आउँछन्,’ उनले भने, ‘नेपालको कम्युनिस्ट र समाजवादी आन्दोलनमा देखा परेका क्षणिक फुटहरू समाजवादी मोर्चाको माध्यमबाट एउटा नयाँ एकताको प्रक्रियामा अघि बढेको छ।’ क्रान्तिकारी नेतृत्वहरु कमजोर हुन थालेपछि नेपालमा प्रायोजित, प्रतिगामी र सामन्तवादी वर्ग पुनः उठ्न थालेको उनले टिप्पणी गरे।
‘गणतन्त्र आइसकेपछि नेपालमा राजनीतिक बहस ठूला ठूला चले। क्रान्तिकारी नेतृत्वहरु कमजोर हुन थालेपछि नेपालमा प्रायोजित वर्ग पुनः उठ्न थालेको छ। क्रान्तिबाट पछारिएको प्रतिगामी, सामन्तवादी शक्तिहरु फेरि जुर्मराउन थाले,’ उनले भने।
साम्राज्यवादीको खेलमैदान बनाउने षडयन्त्र भइरहेको पनि उनले दाबी गरे।
‘नेपालको कम्युनिस्ट र समाजवादी आन्दोलनमा देखा परेका क्षणिक फुटहरु समाजवादी मोर्चाको माध्यमबाट एउटा नयाँ एकताको प्रक्रियामा अघि बढेको छ।
विगतको अनुभव संलेश्लण गर्दै जनताका बैरीसँग लड्नका लागि समाजवादी मोर्चा गठन गरिएको पनि उनले बताए।
प्रतिक्रिया दिनुहोस्