ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खोप लगाएसँगै नियन्त्रणमा आउन थाल्यो लम्पी स्किन रोग


एबीसी न्यूज

काठमाडौं, १५ भदौ । गाईभैँसीमा देखिएको लम्पी स्किन रोग पछिल्लो समय नियन्त्रणमा आउन थालेको छ। लम्पी स्किन विरुद्धको खोप लगाइएसँगै रोग नियन्त्रणमा आउने क्रम बढेको पशु विशेषज्ञहरुको भनाइ छ।

बागमती प्रदेशमा सबैभन्दा पहिला मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका पशुमा यो रोगको संक्रमण पुष्टि भएको थियो। त्यसपछि प्रदेशभर नै फैलिएको लम्पी स्किन डिडिज् खोप लगाउन थालिएपछि फैलने क्रम बिस्तारै कम हुँदै गएको हो।

बागमती प्रदेशमै पहिलो पटक मकवानपुरगढी गाउँपालिकाका गाईभैँसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको थियो। आफ्ना गोठमा पालेका गाईभैँसीको शरीरमा स–साना घाउ देखिन थालेपछि किसानहरुले फोहोरले उप्सिएका घाउ होलान् भनेर वास्ता गरेनन्। घाउ पाक्दै गयो, गाईले दूध पनि सुकाउँदै जान थालेपछि गाई थला पर्यो र अन्त्यमा मृत्यु भयो।

सुरुमा रोग लागेको गाई मर्ने र गोठमा भएका अरु गाईभैँसीलाई यस्ता समस्या देखिन थालेपछि यहाँका किसानहरुले पशु विशेषज्ञलाई बोलाएर जाँच गराउँदा लम्पी स्किन रोगको संक्रमण भएको पाइयो। गोठभरी गाई पालेका किसानहरुले उत्पादन भएको दूध फाल्न पर्ला कि भन्ने चिन्ताले रोग लागेको कुरा लामो समय गुपचुप नै राखेको स्थानीय सुस्मिता पाख्रिनको भनाइ छ।

फार्म सञ्चालन गरेर गाई पालिरहेका किसानहरुले सुरुमा के रोग हो भन्ने पत्तो नपाउँदैमा दुईरतीन वटा गाई मरेका थिए। तर अन्य स्वस्थ पशुमा समेत यस्तै लक्षण देखिन थालेपछि पशु प्राविधिक, भेटेरिनरी अस्पताल तथा कृषि मन्त्रालयका प्राविधिकहरुको टोलीले खोप लगाउन सुरु गरेपछि रोग लागेका गाईहरु समेतलाई निको भएको भन्दै खुसी लागेको मकवानपुरगढी सरिता घलान बताउँछिन्।

यता, लम्पी रोगका कारण दूध उत्पादनमा समेत ह्रास आएको दूग्ध कृषि सहकारीको अनुभव छ। केही समय दूध उत्पादनमै कमि आउँदा कृषि सहकारीहरुले खोपको उपलब्धतासँगै, पोषणयुक्त आहारा वितरण गरिदा लगभग सामान्य अवस्थामा फर्किन सकिएको मनकामना दूग्ध सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए।

त्यसोत, आफ्नो स्थानीय तहमा लम्पी स्किन रोग देखा परेपछि स्थानीय तहले नै कार्यविधि तयार गरेर खोप खरिद गरेको थियो। उक्त खोप लगाउँदै गर्दा भेटेरिनरी अस्पतालका प्राविधिक सहयोग तथा प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप खोप उपलब्ध गराएपछि अहिले नयाँ संक्रमित पशु नभेटिएको गाउँपालिकाको तथ्यांक छ। अहिले नियन्त्रणमा आएपनि यस्ता माहामारीको लागि सतर्क रहनुपर्ने तथा सबै किसानका पशुको गाउँपालिकाले नै निशुल्क बीमा गरिदिने गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान्को भनाइ छ।

यता, जिल्लामा खोप अभियान तीव्र गतिमा सञ्चालन गरिएपछि गाईभैँसीमा लाग्ने लम्पी स्किनको सङ्क्रमणको दर क्रमशः घट्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख वरिष्ठ पशु अधिकृत ब्रजकिशोर ठाकुरले बताए।

बागमती प्रदेशमा पहिलो पटक मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा देखिएको लम्पी स्किन सङ्क्रमणका कारण हालसम्म जिल्लामा १३ हजार ९ सय ९१ पशु प्रभावित भएकोमा ५ सय पशुको मृत्यु भएको छ।

यस्तै, बागमती प्रदेश सरकारले आयोजना गरेको लम्पी स्किन रोग विरुद्धको सप्ताह व्यापी खोप अभियानमा मकवानपुरमा ६ हजार ९ सय ७९ पशुवस्तुमा खोप लगाइएको तथ्यांक छ भने हालसम्मको अवधिका जिल्लाको १० वटै स्थानीय तहमा गरी २४ हजार ६ सय ६ डोज खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरको तथ्यांक छ्।

रोग लागेका १३ हजार ४ सय ९० पशु संक्रमण मुक्त भैसकेका छन् भने, हाल ६ सय ९८ पशुवस्तु उपचारत रहेको विज्ञ केन्द्रले जानएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com